२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यपूर्ण खोप लगाएका व्यक्तिमा पनि देखिँदै ओमिक्रोनका यी ५ लक्षण

पूर्ण खोप लगाएका व्यक्तिमा पनि देखिँदै ओमिक्रोनका यी ५ लक्षण


कोभिड-१९को तेस्रो लहर ओमिक्रोन आएपछि एकपटक पुन : विश्वको जनजीवन प्रभावित बनेको छ। नेपाललगायत धेरै देशले यो घातक भेरियन्टको सामना गरिरहेका छन्। ओमिक्रोनका लक्षणहरूलाई गम्भीर रूपमा नलिएपनि  यो सबै पुरानो भेरियन्टहरूको तुलनामा सबैभन्दा संक्रामक रहेको विज्ञहरु सुझाउदै आएका छन्। यसका साथै कोभिड खोपको दुवै डोज लगाएका व्यक्तिमा पनि लक्षणहरू देखिरहेको छ ।

यद्यपि, विश्व अहिले पहिलेकोभन्दा धेरै बलियो स्थितिमा छ र कोरोनाका यी भिन्नताहरूसँग लड्न तयार छ। विश्वका अधिकांश देशमा मानिसहरु कोरोनाको डोज लगाइसकेका छन्। जसका कारण मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता निकै हदसम्म सुदृढ भएको छ । यस्तो अवस्थामा कोभिडको तेस्रो लहर ओमिक्रोनलाई डेल्टाको तुलनामा निकै सानो मानिएको छ । यो तेस्रो लहरबाट संक्रमित व्यक्तिमा देखिने लक्षण पनि निकै हल्का हुन्छन् ।

समय-समयमा कोभिडका नयाँ भेरियन्टहरू आउने क्रमलाई ध्यानमा राख्दै यसको लक्षणहरूको प्रोफाइलमा पनि परिवर्तनहरू गरिएको छ। न्युजजीपीका प्रोफेसर टिम स्पेक्टरका अनुसार सन् २०२० मा आएको अल्फा भेरियन्टको बारेमा कुरा गर्ने हो भने यसका ३ लक्षणहरू धेरै सामान्य थिए जस्तै खोकी, ज्वरो र गन्धको कमी। प्रोफेसर स्पेक्टर जेटओइ कोभिड अध्ययनका प्रमुख वैज्ञानिक हुन्।

जसले लाखौं एप प्रयोगकर्ताहरू मार्फत महामारीको गतिविधि ट्र्याक गरेका छन्। डेल्टा भेरियन्ट आएपछि यसको लक्षणमा परिवर्तन देखियो, जसकाकारण शीर्षमा गनिएको अल्फाको विशेषता खस्किँदै गएको र डेल्टाको लक्षण शीर्षमा आएको उनले बताए । तीमध्ये नाकबाट पानी बग्ने, घाँटी दुख्ने र बारम्बार हाच्छ्युँ आउने जस्ता लक्षणहरू सामान्य थिए। विशेषगरी यी लक्षणहरू ती व्यक्तिहरूमा देखिएका थिए जो पूर्ण रूपमा खोप लगाएका थिए।

त्यसैगरी, अहिले कोरोनाको तेस्रो भेरियन्टको कुरा गर्ने हो भने यसलाई हेर्दा यसले डेल्टाको प्रवृत्तिलाई अगाडि बढाएको देखिन्छ । पूर्ण खोप लगाइएकाहरूमा सामान्य रुघाखोकी र ज्वरो आउने लक्षणहरू देखिएको उनले बताए। प्रोफेसर स्पेक्टर र उनको टोलीले लन्डनमा पोजेटिभ आएका मानिसहरूमा लक्षणहरू देखिएपछि मात्र यो निष्कर्षमा पुगेका थिए। प्रारम्भिक विश्लेषणले डेल्टा र ओमिक्रोन बीचको प्रारम्भिक लक्षणहरूमा (परीक्षण पछि तीन दिन)मा कुनै स्पष्ट भिन्नता फेला पारेन।

प्रोफेसरका अनुसार यी हुन् खोप लगाएमाहरुमा पनि देखिरहेको ५ लक्षण

  • रुघा लाग्ने,
  • टाउको दुख्ने
  • थकान (गम्भीर वा हल्का)
  • हाच्छिउँ आउने
  • घाँटी दुख्ने।

-एजेन्सी


क्याटेगोरी : अन्य, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ