२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ कोभिडमुक्त भएका एक करोडभन्दा बढी व्यक्ति मानसिक रोगको शिकार

कोभिडमुक्त भएका एक करोडभन्दा बढी व्यक्ति मानसिक रोगको शिकार


हालसम्म विश्वमा करिब ४१ करोड ८० लाख मानिस कोभिड महामारीको चपेटामा परेका छन् । जसमध्ये करिब १ करोड ४८ लाख मानिस आधिकारिक रूपमा मानसिक रोगको चपेटामा छन् ।

अमेरिकामा गरिएको एक अध्ययनका अनुसार कोभिडबाट संक्रमित भैसकेका मानिसहरू संक्रमणको एक वर्षपछि पनि चिन्ता, डिप्रेसन र निद्रा नलाग्ने जस्ता धेरै मानसिक विकारहरूको जोखिममा रहन्छन्। द बीएमजे जर्नलमा बुधबार प्रकाशित उक्त अध्ययनले भेटेरान्स हेल्थ एडमिनिस्ट्रेशन प्रणालीमा रहेका करिब १ लाख ५४ हजार कोभिड बिरामीहरूको रेकर्ड विश्लेषण गरेको छ र उनीहरूको प्रारम्भिक संक्रमणबाट निको भएको वर्षको अनुभवलाई समान समूहसँग तुलना गरेको छ। 

अध्ययनमा कोभिड संक्रमित हुनु अघि कम्तिमा दुई वर्षसम्म कुनै मानसिक स्वास्थ्य उपचार नभएका बिरामीहरूलाई मात्र समावेश गरिएको थियो, जसले अनुसन्धानकर्ताहरूलाई संक्रमण पछि भएको मनोचिकित्सा निदान र उपचारमा ध्यान केन्द्रित गर्न अनुमति दिए ।

न्यूयोर्क टाइम्सका अनुसार युनिभर्सिटी अफ वाशिंगटनका महामारीविद् अल-एलीले भनेका छन्, ‘कोभिडका कारण मानसिक चुनौतीहरूको सामना गर्नेहरूको वास्तविक संख्या धेरै हुन सक्छ, करोडौं मानिसहरू चुपचाप मानसिक विकारहरूको सामना गरिरहेका छन्।

महामारीको समयमा सामाजिक एक्लोपन, आर्थिक तनाव, प्रियजन गुमाउनु र अन्य संघर्षहरूले चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू बढाएको छ।

‘आत्महत्या गर्ने सोच संक्रमित व्यक्तिमा बढी आउँछ’

संक्रमित व्यक्तिमा अफिममा आधारित लागुऔषधको लत लाग्ने सम्भावना ३४ प्रतिशत बढी रहेको पाइएको थियो भने मदिरा वा कुनै अवैध लागूऔषधको लत लाग्ने सम्भावना २० प्रतिशत बढी रहेको थियो । सामान्य जनसंख्याको तुलनामा आत्महत्या गर्ने विचारको जोखिम ४६ प्रतिशत बढी थियो।

गैर-संक्रमित व्यक्तिहरूको तुलनामा, संक्रमित व्यक्तिहरूमा मानसिक विकार विकासको जोखिम ६० प्रतिशत बढी पाइएको छ। संक्रमित व्यक्तिहरूमा एन्टिडिप्रेसन्ट औषधिको खपत करिब ५५ प्रतिशतले बढेको छ भने चिन्ताका लागि प्रयोग हुने
बेन्जोडायजेपाइन्सको प्रयोग ६५ प्रतिशतले बढेको छ।

कोभिडबाट निको भएकामध्ये ४१ प्रतिशत निद्रासम्बन्धी समस्याबाट पीडित छन्।८० प्रतिशत न्यूरोकोग्निटिभ प्रभावित हुने सम्भावना छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ