२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यअब आई ड्रपको सट्टा कन्ट्याक्ट लेन्सबाटै पुग्नेछ आँखामा औषधि

अब आई ड्रपको सट्टा कन्ट्याक्ट लेन्सबाटै पुग्नेछ आँखामा औषधि


गर्मी मौसममा आँखामा एलर्जी हुनु आम समस्या हो । यसबाट बच्नका लागि अमेरिकी फर्मा कम्पनी जोनसोन एण्ड जोनसोनले एक नयाँ प्रकारको कन्ट्याक्ट लेन्स बनाएको छ ।

यो संसारको पहिलो औषधि रिलिजिङ कन्ट्याक्ट लेन्स हो । यस लेन्सको माध्यमबाट एलर्जीको औषधि सिधैं आँखामा हाल्न सकिनेछ । यसलाई अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेसन (एफडिए)ले पनि हालै स्वीकृती दिएको छ ।

वैज्ञानिहरु कयौं वर्षदेखि मोतियाविन्दु र ग्लुकोजजस्ता बिरामीको उपचारमा कन्ट्याक्ट लेन्सको सहयोगबाट गर्ने कोसिस गरिरहेका छन् । अहिले आँखासँग जोडिएका बिरामलाई ठीक गर्नका लागि आई ड्रप प्रयोग गरिदैं आइएको छ ।

डाक्टरहरुको भनाइअनुसार कयौं बिरामीहरु यसको प्रयोग गर्न बिर्सन्छन् । साथै, ड्रपको माध्यमबाट आँखामा औषधि पनि ठीक ढंगले पुग्दैन् । लगभग ९५ प्रतिशत औषधि आँखाभित्र पुग्नुको सट्टा बाहिर नै झर्छ ।

यो समस्यालाई हल गर्नका लागि वैज्ञानिकहरु कयौं वर्षदेखि मोतियाविन्दु र ग्लुकोजजस्ता रोगको उपचार कन्ट्याक्ट लेन्सको सहयोगबाट गर्ने प्रयास गरिरहेका थिए ।

अनुसन्धानको तेस्रो चरणमा कन्ट्याक्ट लेन्स लगाउने ३ मिनेटमै आँखाको एलर्जीबाट हुने चिलाउने समस्याबाट राहत मिलेको थियो । यसको प्रभाव पनि १२ घण्टासम्म रहेको थियो । अनुसन्धानको नतिजा सन् २०१९ को कार्निया म्यागेजिनमा प्रकाशित भएको थियो ।

यसरी बनाइयो ड्रग रिलिजिङ कन्ट्याक्ट लेन्स

यो कन्ट्याक्ट लेन्स न केवल बढी आरामदायी छ, यो त आई ड्रपको तुलनामा आँखामा बढी औषधि पनि पु¥याउन सक्छ । यो नरम र लचिलो कन्ट्याक्ट लेन्सहरु पानी हाइड्रोजेल भनिने पानी—अवशोषित प्लास्टिकबाट बनेका हुन्छन् । यिनको संरचनामा कुन औषधि रिलिज गर्नका लागि बनाइएको हो भन्नेमा भर पर्छ ।

अमेरिकामा कन्ट्यान्ट लेन्स लगाउनेहरुलाई यो लेन्स चाडै उपलब्ध गराइने बताइएको छ । क्यानडा र जापानमा यी लेन्सहरु पहिले नै उपलब्ध छन् ।

जोनसोन एण्ड जोनसोनका निर्देशक ब्रायन पालले औषधि र लेन्सले सही रुपमा काम गरेका एक पटक यसलाई आँखामा लगाएपछि दोस्रो पटक औषधि जरुरी पर्दैन् । पालकाअनुसार कन्ट्याक्ट लेन्सबाट जुन ड्रग रिलिज हुन्छ, त्यो केवल केही घण्टामै राहत दिन सक्छ ।

उनले कम्पनीले अमेरिका लेन्स लगाउने व्यक्तिहरुलाई चाडै यो लेन्स उपलब्ध गराउनेछ । आँखाका रोगबाट पीडितहरुका लागि यो कन्ट्याक्ट लेन्स सही समाधान मानिएको छ ।

-भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ