गृहपृष्ठ ∕ अन्य ∕ के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? हेल्थ आवाज बुधबार, २०७९ वैशाख १४ गते, ११:३७ मा प्रकाशित आँखा भित्रको तरल पदार्थको चाप बढ्न गई दृष्टि नशामा असर पुग्नाले दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू (Glaucoma) भनिन्छ । यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षणहरु ढिला मात्र देखिने र यो रोगले बिगारेको दृष्टि पुन फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो । लक्षणहरु आँखा धमिलो देखिन्छ आँखा दुख्छ वा एक्कासी धेरै दुख्ने, टाउको दुख्ने तथा बान्ता हुने घाममा हेर्न गा¥हो हुन्छ कुनै चिज हेर्दा विच विचमा कालो ढब्बा देखिने वा वरिपरिको नदेखिने बत्तिमा हेर्दा इन्द्रेणी देखिने गर्नुपर्ने जाँचहरु दृष्टि जाँच दृष्टि परिधिको जाँच (Confrontation) : आँखा जाँच्ने मान्छे र बिरामी आमने सामने बस्ने र बिरामीको बाँया आँखा बन्द गर्न लगाई दाँया आँखाले आफ्नो बायाँ आँखा हेर्न लगाउने । एउटा हातमा कलम लिने र बिरामीको दृष्टिको १८० डिग्रीभन्दा बाहिरबाट कलमलाई बिस्तारै बिच तिर बिरामीले नदेखेसम्म ल्याउने । यो जाँच प्रत्येक आँखाको लागि प्रत्येक चतुर्थमा गर्ने । जलबिन्दु भएको आँखाको दृष्टि परिधि सामान्यको भन्दा कम हुन सक्छ । आँखाको चाप जाँच : बिरामीलाई दुबै आँखा बन्द गर्न लगाउने, दुबै हातको चोर औलाले विरामीको दूबै आँखा पालैपालो विस्तारै थिचेर आँखाको चाप सामान्य भन्दा बढी छ कि छैन अन्दाज गर्ने । जलबिन्दु भएको आँखा सामान्यभन्दा कडा हुन सक्छ । यसको लागि जलबिन्दु नभएको व्यक्तिको आँखा हल्का थिचेर पनि सामान्य चापको अन्दाज गर्न सकिन्छ । उपचार जलबिन्दुको शंका लागेमा तुरुन्त नजिकको जलबिन्दु उपचार हुने आँखा अस्पतालमा पठाउनुहोस् । यसको उपचारमा आँखाको चाप नियन्त्रण गर्न विभिन्न औषधिहरु तथा शल्यक्रिया गर्नु्पर्ने पनि हुन सक्छ । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?