गृहपृष्ठ ∕ अन्य ∕ के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? के हो आँखाको जलविन्दु ? कसरी गर्न सकिन्छ उपचार ? हेल्थ आवाज बुधबार, २०७९ वैशाख १४ गते, ११:३७ मा प्रकाशित आँखा भित्रको तरल पदार्थको चाप बढ्न गई दृष्टि नशामा असर पुग्नाले दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू (Glaucoma) भनिन्छ । यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षणहरु ढिला मात्र देखिने र यो रोगले बिगारेको दृष्टि पुन फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो । लक्षणहरु आँखा धमिलो देखिन्छ आँखा दुख्छ वा एक्कासी धेरै दुख्ने, टाउको दुख्ने तथा बान्ता हुने घाममा हेर्न गा¥हो हुन्छ कुनै चिज हेर्दा विच विचमा कालो ढब्बा देखिने वा वरिपरिको नदेखिने बत्तिमा हेर्दा इन्द्रेणी देखिने गर्नुपर्ने जाँचहरु दृष्टि जाँच दृष्टि परिधिको जाँच (Confrontation) : आँखा जाँच्ने मान्छे र बिरामी आमने सामने बस्ने र बिरामीको बाँया आँखा बन्द गर्न लगाई दाँया आँखाले आफ्नो बायाँ आँखा हेर्न लगाउने । एउटा हातमा कलम लिने र बिरामीको दृष्टिको १८० डिग्रीभन्दा बाहिरबाट कलमलाई बिस्तारै बिच तिर बिरामीले नदेखेसम्म ल्याउने । यो जाँच प्रत्येक आँखाको लागि प्रत्येक चतुर्थमा गर्ने । जलबिन्दु भएको आँखाको दृष्टि परिधि सामान्यको भन्दा कम हुन सक्छ । आँखाको चाप जाँच : बिरामीलाई दुबै आँखा बन्द गर्न लगाउने, दुबै हातको चोर औलाले विरामीको दूबै आँखा पालैपालो विस्तारै थिचेर आँखाको चाप सामान्य भन्दा बढी छ कि छैन अन्दाज गर्ने । जलबिन्दु भएको आँखा सामान्यभन्दा कडा हुन सक्छ । यसको लागि जलबिन्दु नभएको व्यक्तिको आँखा हल्का थिचेर पनि सामान्य चापको अन्दाज गर्न सकिन्छ । उपचार जलबिन्दुको शंका लागेमा तुरुन्त नजिकको जलबिन्दु उपचार हुने आँखा अस्पतालमा पठाउनुहोस् । यसको उपचारमा आँखाको चाप नियन्त्रण गर्न विभिन्न औषधिहरु तथा शल्यक्रिया गर्नु्पर्ने पनि हुन सक्छ । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ७ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ TFN ट्रेण्डिङ ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न डा. उपमा ठाकुरको सल्लाहः किन निकालिदैंन मधुमेहका बिरामीका दाँत ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? थप ४ जनामा कोभिड पुष्टि विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्सबीच सम्झौता