गृहपृष्ठ ∕ अन्य ∕ तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:१४ मा प्रकाशित भाइ मसला होस् वा चालचलन अनुसार पुजा गर्न होस्, तिहारमा ओखरलाई अपरिहार्य सामाग्रीको रुपमा लिइन्छ । थुप्रै गुणहरुबाट भरिपूर्ण रहेको ओखरका गुणका बारेमा कमैलाई मात्र यसले शरीरमा पु¥याउने फाइदाबारे थाहा हुन सक्छ । ओखरलाई घरमै उपलब्ध हुने औषधिको रुपमा पनि लिइन्छ । शरीरलाई स्वस्थ्य राख्नको निम्ति यसको गुण तथा योगदानलाई उल्लेखनीय मानिन्छ । आखिर के के हुन् त ओखरका विशेषताहरु ?यसले ब्यक्तिको शरीमा कस्ता किसिमका फाइदाहरु पु¥याउँछन् त? ओखर एन्टिअक्साइडको मुख्य स्रोत हो । यसले शरीरमा रहेको अनावश्यक कोलेस्टोर घटाउन मद्धत गर्दछ । ओखरलाई ओमेगा फ्याट–३ को मुख्य स्रोतको रुपमा पनि लिइन्छ । जसकारण यो मुटु रोगका बिरामीहरुको निमित्त पनि उपयोगी मानिन्छ । ओखरमा पाइने कम्पाउन्ड्स र न्यूट्रिशनका कारण यसले शरीरमा रहेका पूराना रोगहरु निर्मुल गर्नमा समेत मद्धत गर्दछ । ओखरले शरीरलाई आवश्यक पोषण मात्र प्रदान नगरी, यसले पेटमा रहेको ब्याक्टेरियाको नाश गरी पेट सम्बन्धि लाग्न सक्ने विभिन्न रोगबाट बचाउनको निम्ति पनि सघाउ पु¥याउँछ । ओखरलाई विभिन्न क्यान्सर लाग्नबाट बचाउने एक उपयुक्त खानाको रुपमा पनि लिइन्छ । यसले महिलामा हुने ब्रेस्ट क्यान्सर, पुरुषमा हुने प्रोस्टेट क्यान्सर र कोलेस्टोर क्यान्सर लाग्नबाट बचाउँछ । ओखरमा क्यालोरीको मात्रा पाइएता पनि यसको प्रयोगका कारण व्यक्तिमा भोक कम लाग्ने हुन्छ । जसकारण व्यक्तिमा कम खाने बानीको विकास हुन पुग्दछ । यसको प्रयोगका कारण व्यक्तिलाई मधुमेह रोग लाग्नबाट बचाउँछ । शरीरको तौललाई सोही किसिमले कायम राखिराख्न मद्धत गरी यसले ब्लड सुगरमा समेत सुधार ल्याउँछ । अध्ययनअनुसार प्रत्येक दिन कम्तिमा पनि २८ ग्राम बराबर ओखर मिश्रित नट्स खानाले यसले रक्तचापको खतराबाट मुक्त गराउँँछ । बढ्दो उमेरमा पनि शरीरमा ऊर्जा प्रदान गरीरहने काममा ओखरको भूमिका महत्वपूर्ण रहन्छ । ओखरमा पाइने न्यूट्रिशनकै कारण यसले मष्तिस्कमा हुनसक्ने खतरालाई रोक्दै बढ्दो उमेरमा पनि मष्तिस्कलाई सक्रिय बनाइ राख्न मद्धत गर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय