२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअधिक र कम सेवनले असर गर्ने ३ पोषण तत्वहरु

अधिक र कम सेवनले असर गर्ने ३ पोषण तत्वहरु


शरीर स्वस्थ्य रहन र राम्रोसँग विकास हुन पोषण तत्वको आवश्यकता पर्छ । स्वस्थ रहनको लागि दैनिक डाइटमा प्रशस्त पोषण तत्व भएको खाना खानुपर्छ । पोषण तत्वलाई मिलाएर आवश्यकता अनुसार खानुपर्छ । पोषणको अधिक सेवन र कम सेवन दुवै स्वास्थको लागि राम्रो हुँदैन ।

स्वस्थ शरीरको लागि प्रोटिन, आइरन, आयोडिन, भिटामिन ए, भिटामिन सी, भिटामिन डी र क्याल्सियमजस्ता पोषण तत्वको जरुरी हुन्छ । पर्याप्त मात्रामा भएको पोषण तत्वले शरीरलाई स्वास्थ्य राख्छ र शरीर परिचालनका लागि आवश्यक मात्रामा उर्जा दिन्छ । त्यस्तै, यसको कमी र धेरै सेवनले बेफाइदा पनि गर्छ ।

भिटामिन ‘डी’
हामीले शरीरमा भिटामिन ‘डी’ खाना र सुर्यको प्रकाश बाट पाउँछौं । भिटामिन ‘डी’ ले हड्डीहरुलाई स्वास्थ्य राख्छ र इम्युनिटी बलियो बनाउँछ । शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा इम्युनिटी सिस्टम कम्जोर हुन्छ । जसका कारण शरीरमा सजिलै संक्रमण हुन सक्छ । क्याल्सियमको लेवल पनि कमी हुन थाल्छ । जसले रिकेट्सजस्तो खतरा ल्याउन सक्छ ।

भिटामिन ‘डी’ शरीरमा ज्यादा हुँदा धेरै क्याल्सियमको निर्माण हुन्छ । धेरै क्याल्सियम किड्नी र मुटुको स्वास्थ्यको लागि राम्रो होइन् ।

भिटामिन ‘सी’
स्वस्थ शरीरको लागि सबैभन्दा महत्वपूर्ण पोषण तत्वहरुमध्ये एक हो—भिटामिन ‘सी’ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । शरीरमा यसको कमीले चिडचिडापन हुन्छ र एनोरेक्सिया जस्तो समस्या देखिन्छ । साथै चोटपटक चाँडै निको हुँदैन् । दाँत र गिजा सम्बन्धि समस्या हुन्छ । संक्रमणजन्य रोगको खतरा बढ्छ ।

भिटामिन ‘सी’ को अधिक सेवनले पनि समस्या आउन सक्छ । धेरै भिटामिन ‘सी’ को सेवनले हुने समस्याहरु पेट खराब हुने र किड्नीमा स्टोन हुन सक्ने सम्भावना हुन्छ ।

आइरन
आइरनको कमीले शरीरमा एनिमियाको खतरा हुन सक्छ । एनिमिया हुँदा थकान हुने, कमजोरी महसुस हुने र चक्कर लाग्ने हुन्छ ।
आइरनको सेवन धेरै गर्नु पनि स्वास्थको लागि खतरा हो ।

आइरनको सेवन धेरै गर्नाले कलेजो, जोर्नी, प्यानक्रियाज समस्या आउने र मुटुमा क्षति पुग्न सक्छ ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ