२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता

सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता


काठमाडौं—गुणस्तरीय प्रयोगशाला रिपोर्टका लागि कहलिएको जावलाखेलस्थित सम्यक डाइग्नोष्टिक प्रा.लि. र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)बीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्यक डाइग्नोष्टिकका अध्यक्ष डा. केयूर गौतम र एनएफपीजेका वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि एनफपीजेका सदस्यहरुलाई सम्यक डाइग्नोष्टिकले आफ्ना परीक्षणहरुमा सहुलियत प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा पारेर गरिएको उक्त सम्झौतामा एनफपीजेको परिवारका सदस्यहरुले पनि छुट पाउने उल्लेख छ ।

‘अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसकै अवसर पारेर राज्यको चौथो अंगका रुपमा रहेका संचारकर्मीहरुसँग यो सहकार्य गर्न पाउँदा खुसी लागेको छ,’ सम्यकका अध्यक्ष तथा वरिष्ठ प्याथोलोजिष्ट डा. गौतमले भने, ‘यसबाट थोरै भएपनि फोटो पत्रकार र उहाँहरुको परिवारका सदस्य लाभान्वित हुनुहुनेछ ।’

एनफपीजे २६ वर्षअघि गठन भएको नेपालमा कार्यरत फोटो पत्रकारहरुको साझा संगठन हो ।

सन् २०१४ मा स्थापना भएको सम्यक डाइग्नोष्टिक नेपालकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । सन् २०१५ मा गुणस्तरका लागि १५१८९ प्राप्त गरेदेखि नै प्रयोगशालाले विश्वसनीय रिपोर्ट प्रदान गर्दै आएको छ ।

सम्यकले अन्तर्राष्ट्रिय गुणस्तरको रिपोर्ट प्रदान गर्नुका साथै नेपालमा प्रयोगशाला सम्बन्धी नवीन प्रविधी भित्र्याउन पनि भूमिका खेल्दै आएको छ । ‘विश्वसनीय एवं अन्तर्राष्ट्रिय प्रविधीको प्रयोगसहितको प्रयोगशाला रिपोर्टहरु द्रुत गतिमा उपलब्ध गराउनु हाम्रो प्रमुख विशेषता हो,’ अध्यक्ष डा. गौतमले भने, ‘कुनै पनि बिरामी वा बिरामीका अभिभावकहरुलाई समयमै सही प्रयोगशाला रिपोर्ट प्रदान गर्दा यसबाट उहाँहरुको चिकित्सकीय सेवा एवं उपचार समयमै प्राप्त गर्न सहज हुन्छ ।’

सम्यकले नेपालमा अन्य सरकारी र गैरसरकारी प्रयोगशाहरुको स्तरोन्नतीका लागि पनि भूमिका खेल्दैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ