२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम

केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम


काठमाडौं—केन्द्रीय कारागार अस्पताल जगन्नाथदेवलमा नसर्ने रोगहरु, सूर्तिजन्य लतको प्रभाव र मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कारागार अस्पतालको आयोजना तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा भएको उक्त कार्यक्रममा केन्द्रीय वन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिब ५ सय जनाभन्दा बढी कैदी बन्दीको सहभागिता रहेको थियो ।

नसर्ने रोग वार्षिक मृत्युको ७० प्रतिशतभन्दा बढी रहेको र यसले महामारीको रुप लिइरहेको अवस्थामा अस्पतालले यो कार्यक्रम सम्पन्न गरेको हो । केन्द्रीय कारागार अस्पतालले देशभर ७४ जिल्लामा रहेका ७७ कारागारमा रहेका करिब ३० हजार कैदीबन्दीमा गरिएको सर्वेमा नसर्ने रोग र मानसिक समस्या बढी देखिएकाले त्यसको रोकथाम निदान तथा उपचारको पहुँच र निरन्तरताका लागि अस्पतालले यो कार्यक्रम गरेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश वुढाथोकीले जानकारी दिए ।

डा. बुढाथोकीको विशेष पहल भएको उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठनका विशेषज्ञ डा. केदार मरहठ्ठा र डा.लोनिम प्रसाई दिक्षित पनि सहभागी थिए ।

मेसु डा. बुढाथोकीसँगै डा. मरहठ्ठा र डा. प्रसाईले सुधारगृहभित्र नै नसर्ने रोगहरु, मानसिक रोग, मधुमेह, मुटु सम्वन्धि रोग, मिर्गौला रोग, सूर्तिजन्य पदार्थको अनुचित प्रयोग तथा मदिरा सेवन लगायतको प्रकोप, नियन्त्रण, रोकथाम तथा उपचारका बारेमा कैदीवन्दीहरुलाई प्रशिक्षण दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ