२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित)

नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित)


काठमाडौं– नेपाल प्रहरी अस्पताल महाराजगञ्जले ठूलो सङ्ख्यामा नर्स आह्वान गरेको छ ।  अस्पतालले एक सूचना जारी गर्दै ६ महिनाका लागि करार सेवामा २० जना नर्स आह्वान गरेको हो ।

उक्त अस्पतालमा जागिरका लागि आवेदन दिनका लागि योग्यता त्रि.वि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने अस्पतालले जनाएको छ ।

दक्ष अनुभवी तथा योग्यता पुगेका इच्छुक आवेदकले यही मङ्सिर १२ गते बेलुका ५ बजेसम्ममा आवेदन दिइसक्नुपर्ने अस्पतालले जनाएको छ ।
अन्य जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट https://www.nepalpolice.gov.np/मा हेर्न सक्नुहुनेछ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ