२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपुस महिनाभर प्रोमेडले ‘फ्री डाइबेटिज क्याम्पेन’ गर्ने

पुस महिनाभर प्रोमेडले ‘फ्री डाइबेटिज क्याम्पेन’ गर्ने


काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले फ्री डाइबेटिज क्याम्पेन सुरु गर्ने भएको छ । क्लिनिकले १ पुसदेखि महिनाभर फ्री डाइबेटिज क्याम्पेन गर्न लागेको हो ।

उक्त अभियानमा निःशुल्क परामर्श, निःशुल्क फास्टिङ र पीपी परीक्षण हुनेछ । यसैगरी, एचबीएवानसी (तीन महिने सुगर) परीक्षणमा ५० प्रतिशत छुट हुने क्लिनिकले जनाएको छ ।

कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. दीपक पौडेलले उक्त अभियानमा बिरामीहरुलाई सेवा दिनेछन् । डा. पौडेलकाअनुसार सुगर (मधुमेह) बढी हुँदा थकान, दृष्टि धमिलो हुने, मुख सुख्खा हुने, धेरै पटक पिसाब लाग्ने, बिना कारण तौल घट्नेजस्ता समस्या देखिन्छ ।

यसैगरी, सुगर कम हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, हात खुट्टा काप्ने, पसिना आउने र चेतना गुमाउनेजस्ता लक्षण देखिन्छ । उनकाअनुसार मधुमेहका आधाजसो बिरामीहरुमा भने कुनेै पनि लक्षण नदेखिने भएकाले समय—समयमा परीक्षण गराउँदा राम्रो हुन्छ ।

इच्छुक बिरामीले ९८०२३१८८२९ मा सम्पर्क गरेर नाम दर्ता गराउन सकिने क्लिनिकले जनाएको छ । प्रोमेड ‘हाम्रा बिरामीहरुको स्वास्थ्य नै हाम्रो प्राथमिकता भन्ने उद्देश्यका साथ संचालनमा आएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ