२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. ढकालको अध्यक्षतामा अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसनको नयाँ कार्यसमिति

डा. ढकालको अध्यक्षतामा अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एसोसिएसनको नयाँ कार्यसमिति


काठमाडौं—अष्ट्रेलियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसिएसन (एन्म्डा)मा डा. महेश ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । १८ नोभेम्बरमा लन्चेष्टनमा भएको अधिवेशनले दुई वर्षका लागि डा. ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

१५ सदस्सीय नयाँ कार्यसमितिको उपाध्यक्षमा क्रमसः डा. सुजाता थपलिया र डा. मिलन पिया चयन भएका छन् । यसैगरी, महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्षमा डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल निर्वाचित भए ।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा डा. पवन प्याकुरेल, नर्दन टेरिटोरीमा डा. ऋतेष भण्डारी, क्वीन्सल्याण्ड डा. अतुल धिताल, साउथ अष्ट्रेलियामा डा. अर्जुन बुर्लाकोटी संयोजक चयन भएका छन् । यसैगरी, तास्मानियामा डा. निरज उप्रेती, भिक्टोरियामा डा. विकास अवाले, वेस्टर्न अष्ट्रेलियामा डा. नवीन दंगाल र न्युजिल्याण्डमा डा. निरञ्जन शर्मा संयोजक चुनिएका छन् । एनएसडब्लूयुको संयोजक भने पछि चयन हुने नवनिर्वाचित अध्यक्ष डा. ढकालले जानकारी दिए ।

डा.  ढकाल यसअघिको कार्यकालमा तास्मानियाको संयोजकको भूमिका थिए । ‘अष्ट्रेलिया र न्युजिल्याण्डमा छरिएर रहेका चिकित्सकहरुलाई एशोसिएसनको छातामुनि ल्याउने मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जुनियर डाक्टरमुखी कार्यक्रमहरु पनि अगाडि बढाउँछौं ।’ संस्थाले सीएमई, वेविनारजस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

अधिवेशनमा ३६ जनाभन्दा बढी नेपाली चिकित्सकहरु सहभागी थिए । डा. ढकालकाअनुसार अष्ट्रेलियामा नेपाली चिकित्सकहरुको एकिन तथ्यांक नभएपनि झण्डै ४०० देखि ५०० हाराहारीमा हुन सक्ने आँकलन छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ