२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअध्ययन भन्छ : दैनिक २५ मिनेटको दौडले ८ वर्षसम्म मृत्युको जोखिम ३८ प्रतिशत घटाउँछ

अध्ययन भन्छ : दैनिक २५ मिनेटको दौडले ८ वर्षसम्म मृत्युको जोखिम ३८ प्रतिशत घटाउँछ


उमेर बढाउनका लागि हिड्नुको सट्टा दौडनु बढी फाइदाजनक रहेको पाइएको छ । सन् २०१४ मा ताइवानका शोधकर्ताहरुले ४ लाखभन्दा बढी मानिसहरुमा गरेको अध्ययनले यो देखाएको हो ।

अनुसन्धानकर्ताहरुले ४ लाख बढी मानिसहरुको जोडदार व्यायाम (जस्तो जंगिङ वा दौडनु) तथा मध्यम व्यायाम (जस्तो द्रुत हिड्नु)माथि अध्ययन गरेका थिए । अध्ययनमा नियमित रुपमा ५ मिनेट दौड्नाले मानिसको जीवनकाल १५ मिनेट हिड्नेको बराबर बढ्छ ।

अध्ययनमा यो पनि थाहा भयो कि नियमित २५ मिनेट दौड्ने र १०५ मिनेट हिड्ने व्यक्तिको ८ वर्षसम्म मृत्युको जोखिम लगभग ३८ प्रतिशत कम हुन जान्छ ।

सन् २०१४ मा आयोवा स्टेट युनिभर्सिटीमा शारीरिक गतिविधी विज्ञानका प्रोफेसर डक—चुल ली र उनका सहयोगीद्वारा गरिएको एक अर्को अध्ययनबाट यो पत्ता लाग्यो कि नियमित ९ किलोमिटर प्रतिघण्टा वा त्यो भन्दा कम गतिमा जगिङ गर्ने व्यक्ति पैदल हिड्ने वा गतिहीन व्यक्तिको तुलनामा ३० प्रतिशत बढी फिट थिए ।

अघिल्लो १५ वर्षमा यी व्यक्तिहरुमा मृत्युको जोखिम पनि ३० प्रतिशत कम भएको थियो ।

अलि धेरै कसरत गर्नु पूर्णतया गतिहीन रहनुको तुलनामा अक्सिजनको मात्रा सुधार हुन सक्छ । तर, बढी फाइदा त त्यतिबेला हुनेछ जब तपाईहरु तीब्र गतिमा दौड्न सुरु गर्नुहुनेछ । यसमा मुटु र श्वास लिने दर बढ्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ