२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म


काठमाडौं—नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुसम्म हुने भएको छ । ‘नेपाल फर्मा एण्ड हेल्थ’ नामक उक्त प्रदर्शनी काठमाडौंका भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू प्रदर्शनी, सम्मेलन र साझेदारी रहेका छन् ।

यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याएर नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका रहने अपेक्षा आयोजकको छ ।

‘नेपालले औषधी तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहन्छ,’ आयोजकले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ ।

नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८० प्रतिशत आयातको साझेदार रहेको छ । नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने लक्ष्य राखिएको छ । यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पु¥याउँछ।

यो प्रदर्शनीले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरू सहित बिजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्नेछ । एक्स्पो मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इटिएस÷आइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयुक्त आयोजनामा हुन लागेको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ