२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतीय चेन ब्राण्ड इन्दिरा आईभीएफको शाखा काठमाडौंमा

भारतीय चेन ब्राण्ड इन्दिरा आईभीएफको शाखा काठमाडौंमा


काठमाडौं—भारतको आईभीएफ चेन ब्राण्ड इन्दिरा आईभीएफले काठमाडौंमा पनि आफ्नो शाखा संचालनमा ल्याएको छ । शनिबार पानीपोखरीस्थित शाखाको नायिका प्रियंका कार्की र इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा. अजय मुर्दियाले शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दैं अध्यक्ष डा. अजयले निःसन्तान दम्पत्तिहरु नेपालबाट वर्षेनी सयौंको संख्यामा भारतमा इन्दिराका विभिन्न शाखामा उपचारका लागि पुग्ने गरेकोले उनीहरुलाई सुविधा होस भन्ने हेतुले नेपालमै शाखा विस्तार गरिएको बताए । ‘आईभीएफका लागि वर्षेनी नेपालबाट सयौंको संख्यामा इन्दिराका भारतका विभिन्न शाखाहरुमा पुग्नुहुन्छ,’ उनले भने, ‘त्यो असुविधा नहोस् भनेर हामीले नेपालमा पनि शाखा विस्तार गरेका हौं ।’

नायिका कार्कीले आफू आमा भइसकेपछि सन्तानको महत्व बुझेको बताउँदैं निःसन्तान दम्पत्तिको सन्तान प्राप्तिको चाहनालाई सम्भव बनाउन खोलिएको सेन्टरको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताइन् ।

इन्दिरा आईभीएफको नेपाल शाखाका संचालक तथा मेडिकल व्यवसायी उमेश अग्रवालले नेपालबाट इन्दिरा आईभीएफले सेवा दिने बताए । उनले यसबाट नेपालबाट भारतमा उपचार गर्न जाने सेवाग्राहीले नेपालमै सेवा पाउने उल्लेख गरे ।

इन्दिरा आईभीएफको नेपाल शाखाकी प्रमुख तथा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. नेहा हुमागाईले बाँझोपनको चुनौती सामना गर्नका लागि इन्दिरा आईभीएफको नेपाल शाखा संचालनमा ल्याइएको जानकारी दिइन् । विगत केही वर्षमा नेपालमा प्रजजन दरमा लगातार गिरावट आएको उनको भनाइ थियो ।

दक्ष जनशक्ति र अत्याधुनिक प्रविधीबाट आईभीएफ सेवा दिने बताउँदैं डा. नेहाले सुरुका २ सय जना सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गर्ने जानकारी दिइन् ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतो, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेष डा. जागेश्वर गौतम, नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीलगायतको उपस्थिती रहेको थियो ।

चेन स्पेसियालिटी फर्टिलिटी सेन्टरका रुपमा रहेको इन्दिराको भारतका २० राज्यमा १ सय २० भन्दा बढी क्लिनिक छन् । इन्दिराको वेवसाइटमा उल्लेख भएअनुसार अहिलेसम्म इन्दिराको उपचारबाट १ लाख ४० हजारभन्दा बढी दम्पत्तिले सन्तान प्राप्त गरिसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ