२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोशी अस्पतालको एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सहकार्य

कोशी अस्पतालको एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सहकार्य


विराटनगर—कोशी अस्पतालको एआरटी क्लिनिक र ‘एड्स हेल्थ केयर’ फाउन्डेसनबीच सेवा सम्बन्धी सहकार्यको सुरु भएको छ । एचआईभी संक्रमितलाई सहयोग पु¥याउने उद्देश्यले सुरु भएको ूएड्स हेल्थ केयरू फाउन्डेसन र कोशी अस्पताल एआरटी क्लिनिकले सेवामा सहकार्य गर्ने भएका हुन् ।

सहकार्यको शुभारम्भ स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलले गरेका हुन् । उनले दुई पक्षबीचको सहकार्यले एचआईभी संक्रमितमा राहत पुग्ने बताए ।

डा. पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एचआईभी संक्रमित उपचार गर्दा आफूलाई रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेको बताए । उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिदैं सो विषयमा विचार पु¥याउन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई निर्देशन दिए ।

कार्यक्रममा डा. उन्नत श्रेष्ठले ‘एड्स हेल्थ केयर’ फाउन्डेसनले अन्य भिन्न काम गर्ने नभई अस्पतालमा भइरहेको सेवालाई विस्तार र व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताए । एचआईभी संक्रमित सबैले सेवामा पहुँच प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ यो कार्यक्रम कोशी अस्पतालमा सुरु गरिएको उनले बताए ।

‘अस्पतालमा सेवा लिन आउने बिरामीहरुको सामान्य शल्यक्रिया गर्न पनि रेफर हुने परिपाटी छ । यसलाई अन्त्य गर्न जरुरी छ । यसका लागि सेवा विस्तारले महत्वपूर्ण योगदान दिने छ,’ उनले थपे ।

एएचएफ एसिया ब्यूरो तथा मार्केटिङ प्रमुख दिपक ढुङ्गेलले स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच रहेर ‘एड्स हेल्थ केयर’ फाउन्डेसनले पुलको काम गर्ने बताए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन ‘जिरो जिरो जिरो’को अवधारणामा जानुपर्नेमा जोड दिए । उनले बजेट समेत विकेन्द्रीकरण गर्ने र सबै सेवा स्थानीय तह र प्रदेशबाटै हुने वातावरण मिलाउन आफूहरु लागि परेको बताए।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले सेवालाई अझ प्रभावकारी बनाउन अस्पतालबाट दिनुपर्ने सेवालाइ प्रभावकारी बनाएर कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ