२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएपोलोले ल्यायो स्पेशल न्यू इयर र विन्टर परीक्षण प्याकेज

एपोलोले ल्यायो स्पेशल न्यू इयर र विन्टर परीक्षण प्याकेज


काठमाडौं—धुम्बाराहीस्थित एपोलो डाइग्नोष्टिक सेन्टरले नयाँ वर्षको अवसर पारेर न्यू इयर तथा विन्टर प्याकेज ल्याएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त एपोलोले माघ १७ जनवरी अन्तिमसम्म लागु हुने गरी सुलभ शुल्कमा उक्त परीक्षण प्याकेज सार्वजनिक गरेको हो ।

एपोलोकाअनुसार उक्त प्याकेजमा आइरन प्रोफाइल, लिभर प्रोफाइलः लिभर फङ्सन टेष्ट, ब्लड प्रोफाइलः कम्पिलिट ब्लड काउण्ट, डाइबेटिज प्रोफाइलः ब्लड सुगर फास्टिङ परीक्षण गरिनेछ । यसैगरी, प्याकेजभित्र नै लिपिड प्रोफाइल, थाइराइड प्रोफाइल, आरए फ्याक्टर, युरिक एसिड, युरिन एनालाइसिस र किड्नी प्रोफाइलः रेनल फङसन टेष्ट पनि हुनेछ ।

‘न्यू इयर र विन्टर प्याकेज’ परीक्षणको शुल्क ३ हजार ९ सय ५० रुपैयाँ रहेको एपोलोले जनाएको छ । अन्य अवधिको तुलनामा यो निकै सस्तो शुल्क हो । एपोलेले होम कलेक्सनको सुविधा पनि दिदैं आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ