२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यभूकम्प प्रभावित रुकुमपश्चिममा घुम्ती स्वास्थ्य शिविर

भूकम्प प्रभावित रुकुमपश्चिममा घुम्ती स्वास्थ्य शिविर


काठमाडौं—भूकम्प प्रभावित रुकुमपश्चिमका सात ठाउँमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र तथा जिल्लास्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरु, स्थानीय निकायहरुसँगको समन्वयमा क्यानेडिएन रेडक्रस तथा नेपाल रेडक्रसको आपतकालीन क्लिनिक सम्पन्न भएको हो ।

घुम्ती स्वास्थ्य शिविर आठबिस नगरपालिकाको वडा नं. ४, ५ र ६ को लागि गोतामकोटबाट ६ सय १० जना, वडा नं ७ दाजेबाट ४ सय ६८ जना र सानीभेरी नगरपालिका वडा नं. ५ बाट २ सय ६६ र ६ बाट १ सय ९३ गरी जम्मा १६ सय ३७ ले सेवा लिएका थिए । शिविरमा सामान्य चेक जाँच, आकस्मिक सेवा, मनोसामाजिक परामर्श, परिवार नियोजन सेवा, औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा पाठेघरको समस्या, छालाको रोग,आ“खा सम्बन्धी र ग्याष्ट्रिकको समस्या बढी पाइएको नेपाल रेडक्रसकी टोली प्रमुख यशोदा पोखरेलले जानकारी दिइन् ।

१३ पुसमा उक्त घुम्ती स्वास्थ्य शिविर समापन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथित्यतामा सानीभेरी नगरपालिकाको वडा नं. ६ को आधारभुत स्वास्थ्य सेवा केन्द्र खेतमा भएको छ । उक्त समापन कार्यक्रम वडाका अध्यक्षको अध्यक्षता र जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयका प्रमुख डा. सुशील पोखरेलको विशेष अतिथ्यता रहेको थियो ।

कार्यक्रममा परिवार नियोजन संघ, नगरपालिका, गाउँपालिका, जिल्ला, नेपाल तथा क्यानेडियन रेडक्रस प्रतिनीधिहरुले मन्त्बय राखेका थिए । प्रमुख अतिथी डा. बुढाथोकीले सरकार अभिभावकको रुपमा विपदमा पनि रहेको भन्दै खानपान, दिनचर्या, जीवनशैलीमा ध्यान दिएर विपदपछि हुनसक्ने पानीजन्य, खानाजन्य, छालाजन्य, चिसोजन्य संक्रमणबाट सबैलाई बच्न आग्रह गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ