२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेन्द्रीय महिला सुधार गृहमा क्यान्सर स्क्रिनिङ

केन्द्रीय महिला सुधार गृहमा क्यान्सर स्क्रिनिङ


काठमाडौं—केन्द्रीय महिला सुधार गृहमा महिलाहरुको क्यान्सर स्क्रिनिङसहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं युगदर्पणको पहलमा ९ वटा लायन्स क्लबहरु रहेको लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले निःशुल्क क्यान्सर स्क्रिनिङसहितको स्वास्थ्य शिविर संचालन गरेको हो ।

केन्द्रीय कारागार अस्पतालको व्यवस्थापन र सहजीकरणमा जगन्नाथ देवलमा रहेको महिला सुधार गृहमा रहेका ३ सय १ महिला कैदी बन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आधारभूत औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिएको हो । सुधार गृहमा रहेका महिलाहरुलाई व्यक्तिगत सरसफाइका बारेमा सचेत गराउँदै अस्पतालमा बिरामी भएपछि मात्रै जाने नभई स्वस्थताको प्रमाण लिन पनि जान र आउन प्रोत्साहन गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताए ।

लायन्स इन्टरनेसनल जिल्लाका प्रमुख सल्लाहाकार देवी थापा गुरुडको नेतृत्वमा आएको स्वास्थ्यकर्मी टोलीमा हरिप्रसाद मरहठ्ठा , डा. प्रफुल्ल, डा. बिना लगायतका एक दर्जन समाजसेवी तथा स्वास्थ्यकर्मी रहेको स्वास्थ्य परीक्षण तथा चेक जाँच गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य परीक्षणको अतिरिक्त पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ भीआईए विधिबाट १ सय ८९ जनाको तथा स्तन क्यान्सरको स्क्रिनिङ २ सय ५ जनाको गरिएको थियो ।

डा. बुढाथोकीका अनुसार भीआईए विधिमा २ जना पाठेघरको मुखको क्यान्सर शंकास्पद र एक जना निश्चित देखिएको छ भने स्तन क्यान्सरका २ जना शंकास्पद रहेका छन् । उनीहरुलाई थप परीक्षण, निदान र उपचार केन्द्रीय कारागार अस्पतालले गर्ने व्यवस्था मिलाइएको उनले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ