२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा. बाँस्तोलाको ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक बजारमा

डा. बाँस्तोलाको ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक बजारमा


काठमाडौं—प्रा. डा. दिनेश बाँस्तोलाको ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक बजारमा आएको छ । सुहागरातका लेखक डा. बाँस्तोलाका अनुसार विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका संकलित लेखहरूको सँगालोका रूपमा ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक पाठकसामु ल्याइएको हो ।

डा. बाँस्तोलाले लेखेका लेख संकलन गरी पुस्तक तयार गरिएको ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले बताए । ‘विभिन्न पत्रिकामा प्रकाशित छरिएर रहेका लेख एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उदेश्यले नै लेख सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको हो,’ उनले भने ।

डा. बाँस्तोलाले सृष्टि चक्रका लागि होस् वा व्यक्ति शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र यौनानन्दका लागि नै किन नहोस् स्वस्थ यौन सम्बन्ध आवश्यक हुने विषय पुस्तकमा समेट्ने प्रयास गरेको जानकारी दिए ।

यौनको सवालमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थता पुस्तकमार्फत प्रस्तुत छ । व्यक्तिगत, शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिकलगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थलाई केलाएर पुस्तकमा समेटिएको छ ।

यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभावलगायतका विषय पुस्तकमा छन् । डा. बाँस्तोलाको यो पहिलो पुस्तक हो । ८० शीर्षक रहेको पुस्तकको मूल्य ५ सय ७५ रुपैयाँ छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ