२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यराष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ


वीरेन्द्रनगर—कर्णालीमा पहिलो पटक राष्ट्रिय पीपीआर खोप अभियान सुर्खेतको बराताल गाउँपालिका–८ भुटुकेबाट शुभारम्भ गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच कर्णाली प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा पशुपंछी विकास निर्देशनालयको ब्यवस्थापनमा बराताल गाउँपालिका–८ भुटुके शुभारम्भ गरिएको हो ।

कर्णालीमा पहिलो पटक राष्ट्रिय खोप कृषि मन्त्री भीमप्रकाश शर्माले डा. प्रतिभा श्रेष्ठ र सोबिना मल्ललाई भ्याक्सिन हस्तान्तरण गरी भुटुकेका स्थानीय किसान पदमबहादुर शाहीको गोठबाट अभियानको शुभारम्भ गरिएको छ ।

सन् २०३० सम्म नेपालभर पीपीआर रोग पूर्ण रुपमा निर्मुल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले पहिलो पटक कर्णालीको पशुधन सुरक्षाको लागि प्रदेशलाई हिमाली र पहाडी क्षेत्र गरी दुई चरणमा विभाजन गरी खोप अभियान सञ्चालन गरिएको मन्त्री शर्माले बताए ।

‘कर्णालीको आयआर्जनको मुख्य स्रोत कृषि र पशुपालन भएकाले मानव स्वास्थ्य जतिकै पशु स्वास्थ्यको सुरक्षा गर्न प्रदेश सरकारले किसान गोठबाट खोप लगाउन सुरु गरिएको हो,’ उनले भने, ‘कर्णाली प्रदेशबाट सबैभन्दा बढी खसी बोकाहरु निकासी हुन्छन्, बाख्रा पालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बराहतालको कृषि र पशु क्षेत्र विकासमा प्रदेश सरकार तयार रहेकोले कृषि र पशुपालन क्षेत्रमा लाग्ने किसानहरुलाई आग्रह छ ।’

कर्णाली प्रदेशमा खोप पर्याप्त छ खोपका कारण कोही किसान चिन्तित नहुन आग्रह गर्दै मन्त्री शर्माले हिमाली क्षेत्रका ५ जिल्लामा चैत्र महिनासम्म खोप अभियान सञ्चालन गर्ने गरी पहिलो चरणमा १४ लाख ३९ हजार भ्याक्सिन ५ जिल्लामा पठाइएको बताए ।

कर्णाली प्रदेश सरकारले पहिलो पटक राष्ट्रिय पीपीआर खोप अभियानलाई प्रदेशस्तरमा एकै पटक सुरु गरेको बताउदै पशु धन सुरक्षा गर्न प्रदेश सरकार जहिले पनि किसानसँगै रहेकाले किसानको गोठबाट अभियान शुभारम्म गर्नुले किसानको पक्षमा रहेको महसुस गरेको किसान जीतबहादुर शाहीले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ