२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाली चिकित्सकको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युएसएमएलईको नतिजा रद्ध

नेपाली चिकित्सकको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युएसएमएलईको नतिजा रद्ध


काठमाडौं—नेपाली चिकित्सकहरुको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलई)ले नतिजा रद्ध गरेको छ । सन् २०२३ मा नेपालबाट परीक्षामा सहभागी चिकित्सकहरुको नतिजामा अस्वभाविक अंक देखिएको ठहर गर्दै उसले परीक्षाको नतिजा रद्ध गरेको हो ।

उसले नेपालबाट सहभागी परीक्षार्थीहरुले असामान्य रुपमा राम्रो प्रदर्शन गरेको, राम्रो अंक प्राप्त गर्ने तरिका समान देखिएको, सबैं परीक्षार्थीको प्रश्नपत्रमा एउटै ढाँचा देखिएको र यसले परीक्षाको वैद्यतामाथि प्रश्न उठाएको भन्दैं यसमाथि अनुसन्धान थालिएको समेत उल्लेख गरेका छ ।

युएसएमएलईले परीक्षार्थीहरुको प्रश्नपत्रमाथि अनधिकृत पहुँचको आंशका समेत गरेको छ । यसबाट युएसएमएलईको विभिन्न स्टेपका परीक्षामा सहभागी विद्यार्थीहरु प्रभावित हुनेछन् ।

चिकित्सकहरुकाअनुसार कसैको स्टेप वान, कसैको स्टेप टु त कसैको स्टेप थ्रीको परीक्षा रद्ध गरिएको हुन सक्ने देखिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ