२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौं आइपुग्यो दादुरा-रुबेला विरुद्धको ६० लाख ७५ हजार डोज खोप

काठमाडौं आइपुग्यो दादुरा-रुबेला विरुद्धको ६० लाख ७५ हजार डोज खोप


काठमाडौं—दादुरा—रुबेला विरुद्धको ६० लाख ७५ हजार डोज खोप काठमाडौं आइपुगेको छ । काठमाडौं आइपुगेको उक्त खोप गाभीको सहयोगमा ल्याइएको हो ।

उक्त खोप सरकारले १३ फागुनदेखि ७ चैतसम्म लगाउने योजना बनाएको छ । उक्त खोप ५७ लाख ७५ हजार बालबालिकालाई निःशुल्क रुपमा दिइनेछ ।

दक्षिण छिमेकी मुलुक भारतसँग सिमा जोडिएका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी २४ जिल्लामा दादुरा—रुबेला विरुद्धको खोप अभियान चलाइनेछ । उक्त खोप अभियानमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी छ ।

यस्तै, बाँकी ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने योजना स्वास्थ्य सेवा विभागको छ । यसअघि भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा खोप दिइसकिएको छ ।

सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा–रुबेला निवारण गर्ने लक्ष्यमा काम गरिरहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ