२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा क्यान्सर विरुद्धको भ्याक्सिनको ट्रायल सुरु

बेलायतमा क्यान्सर विरुद्धको भ्याक्सिनको ट्रायल सुरु


लन्डन—बेलायतमा क्यान्सर विरुद्धको भ्याक्सिनको ट्रायल सुरु भएको छ । यो भ्याक्सिनको मुख्य उद्देश्य व्यक्तिको शरीरमा क्यान्सर कोषिकालाई पहिचान गरेर त्यस विरुद्ध मुकाबिला गर्नका लागि सक्षम बनाउनु हो ।

एमआरएनएन—४३५९ नाम दिइएको यो प्रायोगिक एमआरएनए थेरापीका पहिलो प्राप्तकर्ता इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रष्टका बिरामी हुन्, जो स्टेज १/२ क्लिनिकल ट्रायलमा भाग लिइरहेका छन् ।

इम्पेरियल कलेजको वेबसाइटकाअनुसार फर्मास्युटिकल्स कम्पनी मोडर्ना मेलानोमा (स्कीन) क्यान्सर, फोक्सो क्यान्सर र अन्य ठोस ट्युमर क्यान्सरको उपचारमा थेरापीको सुरक्षा र सम्भावित प्रभाव आँकलन गरिनेछ ।

पहिलो चरणमा एमआरएनए थेरापीको सुरक्षा र सहनशीलताको मुल्यांकन गरिनेछ । यसको छुट्टै वा क्यान्सरको औषधि पेम्ब्रोलिजुमाव सँगै ट्रायल हुन सक्नेछ । शोधकर्ताहरुले पत्ता लगाइरहेका छन् कि यो संयोजन फोक्सो वा छाला क्यान्सरका बिरामीहरुको ट्युमरलाई कम गर्न सक्छ वा सक्दैन् ।

यो उपचार प्रणाली बिरामीको इम्युन सिष्टममा सामान्य ट्युमर मार्कर पेश गर्नका लागि म्यासेन्जर आरएनएको उपयोग गर्छ । यसको लक्ष्य इम्युन सिष्टमको यस प्रकारले ट्रेन गर्नु हो कि जसले क्यान्सर कोषिकालाई पहिचान गरेर उनीहरुको मुकाबिला गर्न सकून । यसको काम सम्भावित रुपमा ती कोषिकालाई नष्ट गर्नु हो, जो प्रतिरक्षा प्रतिक्रियाको दबाउन सक्छन् । मोडर्ना—युके रणनीतिक पार्टनरसीको सहयोगमा आयोजित इम्पेरियल कलेजको परीक्षण बेलायतमा एमआरएनए भ्याक्सिन बनाउने र भविष्यको स्वास्थ्य विपत्तिको स्थितीका लागि तयारी बढाउने व्यापक प्रयासको हिस्सा हो ।

रिपोर्टहरुकाअनुसार सुर्रेका ८१ वर्षीय एक व्यक्तिलाई एमआरएनए—४३५९ नामक भ्याक्सिको पहिलो डोज दिइएको छ । उनी गत अक्टोबरदेखि छाला क्यान्सरबाट पीडित छन् । अन्य उपचारमा सफलता नमिलेपछि उनले ट्रायलमा भाग लिने निर्णय लिएका थिए ।

स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले भ्याक्सिनमा धेरै मानिसहरुको ज्यान बचाउने क्षमता भएको बताएकी छन् । यसका साथै यो भयानक रोगको उपचार गर्ने अधिक प्रभावकारी र कम विषाक्त उपचारमा क्रान्ति ल्याउने बताइएको छ ।

बेलायत सरकारले क्यान्सरका लागि एमआरएनए—आधारित इम्युनोथेरापीको विकासलाई सुविधाजनक बनाउनका लागि कयौं औषधि कम्पनीहरुका साथ काम गरिरहेको छ । अहिले यस्ता कयौं उपचार क्लिनिकल टेष्टिङको प्रारम्भिक चरणमा छन्, जहाँ तिनीहरुको काम, सुरक्षा र प्रारम्भिक गतिविधीको आँलकन गरिदैंछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ