२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रियंका, आयुष्मान र आयांका वात्सल्यका ब्राण्ड एम्बास्डर

प्रियंका, आयुष्मान र आयांका वात्सल्यका ब्राण्ड एम्बास्डर


काठमाडौं—चर्चित अभिनेत्री प्रियका कार्की, अभिनेता आयुष्मान देसराज र आयंका नेपालको अग्रणी वात्सल्य नेचुरल आईभीएफको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । वात्सल्यले नारायणचौरस्थित क्लिनिकमै एक कार्यक्रममाझ अभिनेत्री कार्की, अभिनेता देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।

सम्झौतामा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । वात्सल्यको ब्राण्ड एम्बास्डरको रुपमा सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तान सँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् ।

वात्सल्य क्लिनिकका संस्थापक÷प्रबन्ध निर्देशक प्रशान्त सुवेदी ब्राण्ड एम्बास्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःसन्तान सम्बन्धि कुण्ठालाई कार्की, देशराज र आयंकामार्फत् थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताए ।

‘अभिनेत्री कार्की आफ्नो खुला सोच/धारणाका कारण धेरै महिलाहरुको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्राभाव नयाँ पुस्तामा गहिरो रहेको तथ्य नकार्न सकिन्न्,’ उनले भने, ‘साथै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेको यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि म विश्वस्त छु ।’

अभिनेत्री कार्कीले बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धि सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्‍याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको बताइन् ।

अभिनेता देशराजले आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने धारणा राखे ।
उच्च आईभीएफ सफलता दरका साथ नेपालमा आधुनिक प्रजनन् चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको छ । वात्सल्यले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटी फ्रिजिङ, प्रसूतिपूर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन् सम्बन्धि विभिन्न आधुनिक सेवा प्रदान गर्दै आएका छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ