२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यधुलिखेल कल्याणकारीले आयोजना गरेको स्वास्थ्य शिविरमा १२ सय बढीले लिए सेवा

धुलिखेल कल्याणकारीले आयोजना गरेको स्वास्थ्य शिविरमा १२ सय बढीले लिए सेवा


काभ्रे—धुलिखेलमा एकै दिन १ हजार २ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा भएको निःशुल्क शिविरमा १ हजार २ सय बढीले स्वास्थ्य सेवा लिएका हुन् ।

शिविरका प्रमुख अतिथी धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जु श्रेष्ठ र विशेष अतिथी काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको स्वास्थ्य जाँच गरेर उद्घाटन गरिएको थियो ।

धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, काभ्रे, धुलिखेल नगरपालिका तथा सञ्जीवनी माध्यमिक विद्यालय, सम्बाहिका महिला पत्रकार समूह र काठमाडौं मेडिकल कलेज सिनामंगलसँगको सहकार्यमा २९ माघमा सञ्जीवनी नमुना माध्यमिक विद्यालय प्राणंगण धुलिखेलमा स्थानीय वासीहरुको लागि वृहत्तर रूपमा निःशुल्क स्वास्थ्य जाँच सम्पन्न गरिएको थियो ।

‘स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्य सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नशा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियन सम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्श अनुसार ल्याब सेवा प्रदान गरिएको थियो ।

शिविरमा उपस्थित अधिकांश बिरामीले एकै थलोमा यति धेरै सेवा निःशुल्क रुपमा उपलब्ध गराएकोमा खुशी व्यक्त गरेका थिए । शिविरमा सहभागी चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक लगायत सहयोगी संघसंस्थाहरुलाई धुलिखेल कल्याणकारी सेवा समाजका अध्यक्ष गायत्री रमण घिमिरेले कदर पत्रद्धारा सम्मान गरेका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ