२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिकल कलेजले माग्यो विभिन्न विधाका विशेषज्ञ चिकित्सक

नेपाल मेडिकल कलेजले माग्यो विभिन्न विधाका विशेषज्ञ चिकित्सक


काठमाडौं—नेपाल मेडिकल कलेजले विभिन्न विधाका विशेषज्ञ चिकित्सक माग गरेको छ । शुक्रबार अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ ।

यसैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति थप गर्ने निर्णयअनुसार चिकित्सकहरु माग गरिएको हो ।

योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ । कलेजले दरखास्त दिएका मध्येबाट सर्ट लिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाउने छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ