२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सर विरुद्धको भ्याक्सिन चाँडैं बिरामीलाई उपलब्ध हुने रुसी राष्ट्रपति पुटिनको दावी

क्यान्सर विरुद्धको भ्याक्सिन चाँडैं बिरामीलाई उपलब्ध हुने रुसी राष्ट्रपति पुटिनको दावी


रसियाका राष्ट्रपतिका भ्लादमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरु क्यान्सर विरुद्धको भ्याक्सिन तयार गरिरहेको बताएका छन् । बुधबार उनले मस्को फोरम अन फ्युचर टेक्नोलोजी कार्यक्रममा यसबारेमा जानकारी दिएका हुन् ।

पुटिनले क्यान्सरको भ्याक्सिन चाँडै बिरामीलाई उपलब्ध हुने पनि दावी गरेका छन् । ‘हामी क्यान्सर भ्याक्सिन र नयाँ पुस्ताको प्रतिरक्षा प्रणालीलाई मजबुत गर्ने औषधिको निर्माणको एकदमै नजिक आइसकेका छौं,’ उनले भने ।

तर, उनले क्यान्सरको भयाक्सिन कहिले उपलब्ध हुनेछ र यसले कस्तो क्यान्सरलाई रोक्नेछ भन्ने विषयमा भने केही बताएनन् । त्यसबाहेक भ्याक्सिन कस्ता मानिसहरुलाई दिइनेछ भन्ने विषयमा पनि उनले केही बोलेनन् ।

संसारभर बितेका कयौं दशकदेखि क्यान्सरको प्रभावशाली उपचार खोजिदैंछ । अहिले जर्मनीको कम्पनी बायोएनटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्क क्यान्सर भ्याक्सिनमाथि काम गरिरहेका छन् । तर, यी सबै क्यान्सरका खास प्रकारसम्म मात्रै सिमिति छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ