२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ डा. रमेशसिंह भण्डारीले ल्याए नयाँ गीत ‘कसरी भनुँ म…’

डा. रमेशसिंह भण्डारीले ल्याए नयाँ गीत ‘कसरी भनुँ म…’


काठमाडौं—त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीले ‘कसरी भनुँ म…’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार युट्युबमार्फत सार्वजनिक गीतमा उनको मधुर श्वर सुन्न सकिन्छ ।

शब्द, संगीत र अभियन डा. भण्डारी स्वयंमको रहेको छ । एरेन्ज, मिक्सिङ र माष्टर भने प्रदीप जोशीले गरेका छन् ।

निर्देशन भने अनिल के मानन्धरले गरेका हुन् । काठमाडौं वरपरका सुन्दर दृश्यहरु कैद गरिएको गीतमा ड्रोन अविनाश मानन्धरले चलाएका हुन् भने सम्पादन तथा कलर मनोज कार्कीको रहेको छ ।

बिरामी उपचार र शल्यक्रियासँगै संगीत कर्ममा रमाइरहेका डा. भण्डारीको यो सातौं गीत हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ