२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यके भारतीय मसला क्यान्सरलाई ठीक गर्न सक्छ ?

के भारतीय मसला क्यान्सरलाई ठीक गर्न सक्छ ?

जनावरमा पोजेटिभ रिजल्ट आएपछि क्लिनिकल ट्रायलको तयारी


इण्डिन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रासले भारतीय मसलालाई लिएर एक रोचक रिसर्च पेटेन्ट गराएको छ । यो अनुसन्धानमा भारतीय मसलाबाट क्यान्सरलाई निको बनाउने औषधि बनाउन सकिने दावीग् गरिएको छ ।

आइतबार (२५ फ्रेबुअरी)मा दिइएको जानकारीअनुसार यसको क्लिनिक ट्रायल चाडै सुरु हुनेछ । सन् २०२८ सम्म यो औषधि बजारमा समेत मिल्न सक्ने सम्भावना छ ।

अनुसन्धानमा भारतीय मसला फोक्सो क्यान्सरको सेल, ब्रेष्ट क्यान्सरका सेल, कोलन क्यान्सरका सेल, सर्वाकल क्यान्सरका सेल, ओरल क्यान्सरका सेल र थाइराइड क्यान्सरका सेलमा एन्टी क्यान्सर एक्टीभिटी देखाउने दावी गरिएको छ । यो मसाल नर्मल सेलमा सुरक्षित रहन्छ ।

अनुसन्धानकर्ताहरु अहिले यसको लागत र सेफ्टीको चुनौतीमाथि काम गरिरहेका छन् । अनुसन्धानकर्ताहरुको भनाइमा जनावरमाथि यसको अध्ययन भइसकेको छ । यो अनुसन्धान आईआईटी मद्राका एलमुनाई तथा प्रतीक्षा ट्रष्टका माध्यमबाट इन्फोसिसका को फाउण्डर गोपालकृष्णनको फण्डिङमा अगाडि बढिरहेको छ ।

औषधिको डोजका बारेमा ट्रायलबाट थाहा हुनेछ

आईआईटी मद्रासका चिफ साइन्टिफिक अफिसर जान्यस निर्मलाले भनिन्, ‘कयौं अध्ययनमा यो दावी गरिएको छ कि कमन क्यान्सर यसबाट ठीक हुन सक्छ । तर, क्यान्सर ठीक गर्नका लागि कति डोज चाहिन्छ यो ट्रायलबाट निश्चित हुनेछ ।’

उनले अगाडि थपिन्, ‘अहिले जुन क्यान्सरको उपचार हुन्छ, उसमा काफी साइड इफेक्ट हुन्छन् तर हाम्रो टार्गेट क्यान्सरको सस्तो र कम साइड इफेक्टवाला उपचार तयार गरौं । हाम्रो देश विश्वमा सबैभन्दा बढी मसला उत्पादन गर्ने देश हो । हाम्रो देशमा काफी सस्तोमा मसला तयार हुन्छ । हामी चाहन्छौं कि यो औषधिलाई इन्जेक्सनको माध्यमबाट दिनु नपरोस् । बिरामी औषधिलाई निल्न सकून ।’

आईआईटी मद्रासका केमिकल इन्जिनियरिङ विभागका प्रोफेसर आर नागर्जनले भने, ‘क्यान्सरको औषधि बनाउनका लागि यसको मोक्लियुलर लेभलमाथि स्टेबिलिटी सबैभन्दा महत्वपूर्ण हुन्छ । हाम्रो प्रयोगशालामा हामीले स्टेबल प्रोडक्ट तयार गरेका छौं । प्रयोगशालामा अनुसन्धान जारी छ । जनावरमाथि गरिएको अनुसन्धानमा पोजेटिभ रिजल्ट मिलिसकेपछि अब हामी क्लिनिकल ट्रायलको चरणमा जाने तयारीमा छौं ।’

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ