२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यताप्लेजुङमा ‘एक एक पाइला’को तीन दिने निःशुल्क स्वास्थ्य शिविर

ताप्लेजुङमा ‘एक एक पाइला’को तीन दिने निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं—एक एक पाइला’ले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकका निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २९ फागुनदेखि १ चैतसम्म एक एक पाइलाको ३० औं पाइलाअन्तर्गत तापेथोकस्थित सरस्वती विद्यालयमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

एक एक पाइला र फक्ताङ्लुङ गाउँपालिकाको समन्वयमा भएको उक्त वृहत निःशुल्क स्वास्थ्य शिविरमा करिब १६ सयभन्दा बढीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

शिविरमा जनरल मेडिसिन, कलेजो रोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाटी रोग, चर्म तथा छाला रोग, हाडजोर्नी रोग सेवा, बाल रोग, आँखा रोग, दन्त रोग सेवा प्रदान गरिएको थियो । यसैगरी, इन्डोस्कोपी, रेडियोलोजी र प्याथोलोजी सेवा पनि शिविरमा उपलब्ध रहेको थियो ।

शिविरमै मोतियाबिन्दुको शल्यक्रिया पनि गरिएको थियो । यससँगै कान र सामान्य शल्यक्रिया, फार्मेसी पनि निःशुल्क उपलब्ध गराइएको थियो । शिविरमा १६ सय बढी जनसंख्याले झन्डै ३ हजार ७ सय भन्दा बढी सेवा प्राप्त गरेका थिए । जसमा २२ जनाको मोतियाबिन्दु शल्यक्रिया, १८ जनाको कानको शल्यक्रिया, १९ जनाको सामान्य शल्यक्रिया, ११ वटा इन्डोस्कोपी गरिएको थियो ।

वि.सं. २०७२ सालको भूकम्पपछि स्वयंसेवक गर्न इच्छुक चिकित्सक, स्वास्थ्यकर्मीे मनकारीहरुको समूह मिलेर विशेषज्ञ स्वास्थ्य सेवा नपुगेका दुर्गम जिल्लाहरुमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले एक एक पाइला नामक सामाजिक संस्था स्थापना भएको संस्थाका व्यवस्थापक अशोक पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ