२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकाठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु

काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु


काठमाडौं—ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु भएको छ । आइतबारदेखि सेन्टरले फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु गरेको हो ।

फिजियोथेरापी तथा रिह्याबिलिटेसनअन्तर्गत ओपीडी र इनप्यासेन्ट सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। जसमा जनरल फिजियोथेरापीबाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि—रिह्याबिलिटेसन र रिह्याबिलिटेसन सेवा प्रदान गर्नेछ।

अस्पतालकाअनुसार क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेजजस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ।

क्यान्सरको उपचारले जुन शारीरिक र मानसिक विकार गर्छ त्यसबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउनको लागि क्यान्सर रिह्याबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालले जनाएको छ ।

‘नेपालमा क्यान्सर रिह्याबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौं क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिह्याबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ,’ अस्पतालले भनेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ