२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु

काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु


काठमाडौं—ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु भएको छ । आइतबारदेखि सेन्टरले फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेवा सुरु गरेको हो ।

फिजियोथेरापी तथा रिह्याबिलिटेसनअन्तर्गत ओपीडी र इनप्यासेन्ट सेवा प्रदान गरिने अस्पतालले जनाएको छ। जसमा जनरल फिजियोथेरापीबाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि—रिह्याबिलिटेसन र रिह्याबिलिटेसन सेवा प्रदान गर्नेछ।

अस्पतालकाअनुसार क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेजजस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ।

क्यान्सरको उपचारले जुन शारीरिक र मानसिक विकार गर्छ त्यसबाट जोगिन र बिरामीको क्वालिटी अफ लाइफ राम्रो बनाउनको लागि क्यान्सर रिह्याबिलिटेसनले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालले जनाएको छ ।

‘नेपालमा क्यान्सर रिह्याबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौं क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिह्याबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ,’ अस्पतालले भनेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ