२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यवात्सल्य नेचुरल आईभीएफद्वारा चितवनमा नयाँ क्लिनिक विस्तार

वात्सल्य नेचुरल आईभीएफद्वारा चितवनमा नयाँ क्लिनिक विस्तार


भरतपुर—नेपालको अग्रणी निःसन्तान उपचार सेवा प्रदायक वात्सल्य नेचुरल आईभीएफले चितवनमा नयाँ क्लिनिक विस्तार गरेको छ । २९ बैशाखमा क्लिनिकका प्रमुख कार्यकारी निर्देशक (सिईओ) प्रशान्त सुवेदी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काट्दैं नयाँ क्लिनिकको उद्घाटन गरेका हुन् ।

वात्सल्यका सिईओ सुवेदीले गुणस्तरीय प्रजनन उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिवद्धताअनुरुप शाखाको विस्तार भएको बताए । ‘निकट भविष्यमै बुटवल, पोखरा, विराटनगरजस्ता स्थानमा पनि क्लिनिकमार्फत सेवा विस्तार गर्ने योजना छ,’ उनले भने ।

आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफ सफलता, निःसन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निःसन्तान विशेषज्ञको टोली, सर्वाधिक निःसन्तान उपचार शाखा संचालनजस्ता मानकमा आफूलाई अब्बल साबित गर्दै आएको छ ।

चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हाल निःशुल्क आईयुआई सेवा प्रदान गरिरहेको छ। यसबाहेक क्लिनिकमा प्रजनन जाँच, प्रसूति पूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिङजस्ता विभिन्न प्रजनन उपचारका सेवाहरु अत्याधुनिक प्रविधीमार्फत प्राप्त गर्न सकिने क्लिनिकले जनाएको छ ।

२९ बैशाखमै होटेल सिरायचुलीमा बाँझोपनका प्रभावहरू र पार पाउने तरिकाहरू शीर्षकमा प्यानल छलफल पनि गरिएको थियो । जसमा प्रतिष्ठित वक्ताहरूले बाँझोपन र यसका सामाजिक प्रभाव, उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूलाई मन्तब्य राखेका थिए ।

डा. बिनुमा श्रेष्ठले निःसन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौतीहरू, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजनन चुनौती, तिनको मानोवैज्ञानिक असर, क्यान्सर रोगीहरूको लागि प्रजननजस्ता विषयलाई प्रकाश पारेकी थिइन् ।

यस्तै, डा. शैलेन्द्रराज अधिकारीले निःसन्तानसँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षहरु जस्तैः पुरुषहरुले आफ्नो कारणलाई स्वीकार गर्न नसक्ने, डाक्टरसँग खुलेर कुरा राख्न नसक्ने, पारिवारिक र सामाजिक चुनौती र असहज मानसिक अवस्था सिर्जना हुनेलगायतका विषयलाई उजागर गरे । साथै, यसको निराकारणका लागि उनले योगा, ध्यान, श्वास प्रश्वास सम्बन्धि व्यायाम आदिमा जोड दिए ।

सुनिता करमाचार्यले निःसन्तान दम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यस सम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमताजस्ता गहन विषयमा आफ्नो मत राखिन् । यस्तै, पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्य, विद्यमान कानुन र सामाजिक मान्यताहरूबारे धारणा व्यक्त गरिन् ।

वात्सल्यका प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिङ टेक्नोलोजीजस्ता विभिन्न महत्वपूर्ण शीर्षकमा आफ्नो विचार व्यक्त गरिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ