२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यॐ हस्पिटल एण्ड रिसर्च सेन्टर अध्यक्षमा डा. आनन्द प्रसाद श्रेष्ठ

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर अध्यक्षमा डा. आनन्द प्रसाद श्रेष्ठ


काठमाडौं—चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को अध्यक्षमा आनन्द प्रसाद श्रेष्ठ चयन भएका छन् । शनिबार धुम्बाराहीस्थित होटल अकामा भएको २७ औं वार्षिक साधारण सभाले नवनिर्वाचित संचालकहरुमध्येबाट सर्वसम्मत रुपमा डा. श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित डा. श्रेष्ठ वरिष्ठ रेडियोलोजिष्ट हुन् । उनले भारतको एम्सबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् ।

डा. श्रेष्ठ हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटर समेत हुन् । उनी नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका संस्थापक संचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटीका सल्लाहाकारसमेत हुन् ।

साधारणसभाले हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा. हरिकिशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेशकिशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरिप्रसाद पाठक, विजय मल्ल, बाबुकाजी कार्की र प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ