२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यब्लड क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव छ : डा. श्रेष्ठ

ब्लड क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव छ : डा. श्रेष्ठ


ललितपुर—कन्सल्ट्यान्ट हेमाटोलोजिष्ट डा. अमित श्रेष्ठले ब्लड क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव भएको बताएका छन् । मंगलबार विश्व रक्त क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यरत डा. अमित श्रेष्ठले पहिले नेपालमा ब्लड क्यान्सरको उपचार असम्भवजस्तो मानिएपनि अहिले नेपालमै सम्भव भएको बताए ।

‘अहिले हेमाटोलोजी क्षेत्रमा आधुनिक प्रविधीको विकास भएसँगै विभिन्न किसिमका ब्लड क्यान्सरका रोगहरुको गुणस्तरीय उपचार नेपालमै सम्भव हुन थालेको छ,’ उनले भने, ‘प्रारम्भिक चरणमै निदान, परीक्षण र उपचार हुन सकेमा ब्लड क्यान्सरका बिरामीहरुले पनि एउटा स्वस्थ र आम मानिसजस्तै दैनिक जीवन बिताउन सक्छन् ।’

डा. श्रेष्ठकाअनुसार ब्लड क्यान्सरका लक्षणहरु देखिएमा तुरुन्तै विशेषज्ञसँग परामर्श गर्नुपर्छ । ‘ब्लड क्यान्सरका लक्षणहरुका बारेमा समयमै जानकारी हुन जरुरी छ,’ उनले थपे, ‘कसैलाई ज्वरो आइराख्ने, छालामा रातो वा निलो दाग वा धब्बा देखिने, नाक, गिजाबाट रगत बग्ने, गल्ने थाक्ने, चक्कर लाग्ने, जोर्नी तथा हड्डी दुख्ने, शरीरका भागहरुमा गीर्खागीर्खीहरु आउने र फियो कलेजो सुन्निने समस्या देखिएमा यो ब्लड क्यान्सरको लक्षण हो कि भनेर समयमै हेमाटोलोजिष्टसँग परामर्श गर्नुपर्ने हुन्छ ।’

डा. श्रेष्ठले ब्लड क्यान्सरका विषयमा समाजमा अझै जनचेतनाको अभाव रहेको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ