२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यजिल्ला अस्पताल रुकुमपश्चिममा शैय्या अभाव

जिल्ला अस्पताल रुकुमपश्चिममा शैय्या अभाव


वीरेन्द्रनगर—जिल्ला अस्पताल रुकुमपश्चिममा शैय्याको अभाव भएको छ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि शैय्या अभाव भएको हो ।

शैय्याको अभाव भएपछि त्रिपालले बेरेर वैकल्पिक शैय्या थपिएको छ । दिनहुँ बिरामीको चाप बढ्दै जाँदा बेड अभाव भएकाले अस्पताल विकास समितिले जनाएको छ ।

१५ शैय्याको अस्पतालमा दैनिक ४० बिरामी भर्ना गर्नु परेका कारण शैय्याको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए । ‘शैय्याकै अभाव देखिपछि अस्पताल परिसरमा त्रिपालले बेरेर वैकल्पिक शैय्या व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘अस्पतालले गाडी पार्किङका लागि ग्रील र जस्ता पाताको प्रयोगमा निर्माण गरिएको छाप्रोलाई त्रिपालले बेरेर अहिले शैय्या राखिएको छ ।’

तत्कालका लागि चारवटा शैय्या थप गरिएको र आवश्यक परेको अवस्थामा केही शैय्या अझै थप्न सकिने अध्यक्ष कुसारी बताए । ‘इमर्जेन्सी वार्डसमेत भरिएपछि वैकल्पिक रूपमा शैय्याको व्यवस्थापन गरिएको छ,’ उनले भने, ‘हिजो आज अस्पतालको भर्ना कक्ष र आकस्मिक कक्षमा बिरामीको चाप हुने गरेको छ ।’

मनसुनजन्य विपदका घटनाहरु, मौसमी फ्लुलगायतका बिरामीहरू बढिरहेकाले वैकल्पिक शैय्या थपिएको हो । वि.सं. २०४५ सालमा स्थापित यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ