२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएमपक्स ‘नयाँ कोभिड होइन’ : विश्व स्वास्थ्य संगठन

एमपक्स ‘नयाँ कोभिड होइन’ : विश्व स्वास्थ्य संगठन


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्सका रुपमा चिनिने ‘एमपक्स’ले कोभिड—१९ जस्तो जनस्वास्थ्य खतरा ननित्याउने बताएको छ । डब्लूएचओका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लुगेले यसले जनस्वास्थ्यलाई खतरामा नपार्ने, आतंको चक्र र लकडाउन गर्न नपर्ने बताएका छन् ।

यो महिनाको सुरुमा डब्लुएचओले एमपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताका रुपमा सार्वजनिक आपतकाल घोषणा गरेको थियो, जसरी सन् २०२० सुरुमा कोभिड—१९ लाई गरिएको थियो । जबकी सन् २०२२ मा भाइरसको माइल्ड भेरियन्ट क्लेड—२ डब विश्वभर फैलियो, भेरै संक्रामक स्टेन—क्लेड १बी ले मध्य अफ्रिकामा धेरैको ज्यान लिएको गत हप्तामा स्वीडेनमा पत्ता लागेको थियो ।

मंगलबार संयुक्त राष्ट्रसंघको ब्रिफिङमा क्लुगेले अफ्रिकाका प्रभावित देशहरुलाई पर्यापत खोपहरु आपूर्ति गरेर एपपक्सका बिरामीहरुलाई नजिकबाट अवलोकन गरेर रोगको फैलावटलाई नियन्त्रण गर्न सकिने बताए । ‘के हामी डब्लूएचओ युरोपेली क्षेत्रमा लकडाउनमा जाँदैछौं ? के यो अर्को कोभिड—१९ हो । जवाफ स्पष्ट छ, होइन्,’ क्लुगेले भने ।

उनले दुई वर्ष पहिले युरोपमा एमपक्सलाई नियन्त्रण गरेको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा यसलाई नियन्त्रण र उन्मुलन गर्न प्रणालीहरुको छनोट जारी राख्नुपर्ने बताए । उनले लकडाउन बिनै यो एमपक्सलाई नियन्त्रण गर्न सकिने बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ