२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यथाइल्याण्डमा एसियामै पहिलो पटक एमपक्स क्लेड १बी केस पुष्टि

थाइल्याण्डमा एसियामै पहिलो पटक एमपक्स क्लेड १बी केस पुष्टि


थाइल्याण्डमा एमपक्सको नयाँ सम्भावित घातक स्ट्रेनको पहिलो केस पुष्टि भएको घोषणा गरेको छ । यो एसियामा एमपक्सको पहिलो केस र अफ्रिका बाहिर दोस्रो केस हो ।

थाइल्याण्डको रोग नियन्त्रण विभागलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार संक्रमित ६६ वर्षीय व्यक्ति युरोपेली नागरिक हुन् । उनी अफ्रिकी देशबाट १४ अगष्टमा बैंंकक पुगेका थिए ।

बैकक पुगेको अर्को दिन लक्षणहरु देखिन थालेपछि उनी तुरुन्तै अस्पताल गएका थिए । अस्पतालमा गएपछि उनमा एमपक्सको क्लेड १बी संक्रमण पुष्टि भएको थियो ।

गत वर्षको सुरुमा प्रजातान्त्रिक गणतन्त्र कंगोमा एमपक्सको संक्रमणबाट कम्तिमा ४५० जनाको मृत्यु भएको थियो । अफ्रिका बाहिर फेला परेको यो खतरनाक एमपक्सको पहिलो केस हो । अफ्रिकामा कंगो नजिकका देशहरु बुरुण्डी, केन्या, रुवान्डा, युगाण्डालगायतका एमपक्स फैलिइसकेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीडेन अफ्रिकी महादेश बाहिरको क्लेड १बी देखिने पहिलो देश थियो । स्वीडेनमा गत हप्तामा यो संक्रमण पुष्टि भएको थियो । स्वीडेनमा पाइएका संक्रमितले पनि अफ्रिकी देशको यात्रा गरेर त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

थाइल्याण्डमा पुष्टि भएको संक्रमण एसियामा क्लेड १बीको पहिलो केस हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ