२०८३ असोज १२, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम

नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम


काठमाडौं—हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलमा विश्व फिजियोथेरापी दिवसका अवसरमा सचेतना कार्यक्रम आयोजना गरिएको छ । आइतबार अस्पतालको फिजियोथेरापी युनिटले मानिसको जीवनको फिजियोथेरापीको महत्वका बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा फिजियोथेरापीले मानिसको स्वास्थ्यमा महत्व, फिजियोथेरापिष्टहरुको भूमिकालगायतका विषयमा प्रकाश पारिएको थियो । ‘कम ढाड दुखाइ : यसको व्यवस्थापन र रोकथाममा फिजियोथेरापिष्टहरुको भूमिका’ थिममा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

अस्पतालका फिजियोथेरापिष्ट राजेन्द्र खत्रीलाई सो अवसरमा अस्पतालले धन्यवाद ज्ञापन गरेको थियो । साथै उक्त कार्यक्रममा सहभागीहरुलाई पनि अस्पतालले विशेष आभार प्रकट गरेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ