क्यान्सर एक गम्भीर रोग हो । हरेक वर्ष लाखौं मानिसहरुलाई क्यान्सर रोग देखिने गर्छ । यो एक यस्तो रोग हो जसले शरीरको जुनसुकै भागलाई पनि प्रभावित गर्न सक्छ । यदि सही समयमा उपचार नभएमा बिरामीको मृत्यु पनि हुन सक्छ ।
तर, तपाईले कहिल्यै यो सोच्नुभएको छ आखिर तपाईंलाई कुनै रोगले किन गाँज्छ ? वास्तवममा हाम्रो जीवनशैली नै यी रोगको प्रमुख कारण बनिरहेको हुन्छ । यदि हामी स्वस्थ खाने कुरा खान्छौं, योग गर्छौ र सही समयमा सुत्ने उठ्ने गर्छौ भने आफूलाई स्वस्थ राख्न सक्छौं ।
के तपाईलाई थाहा छ किचनमा प्रयोग हुने नर्मल कुकिङ तेल क्यान्सरको कारण बन्न सक्छ । सामान्य देखिने यो तेल धेरैलाई लाग्छ स्वास्थ्यका लागि राम्रो हो । यही सोचका कारण सोयाबीन र सुर्यमुखीको तेल हाम्रो भान्सामा आम बनिसकेको छ ।
तर, एक अनुसन्धानले अब चिन्ता बढाइदिएको छ । अनुसन्धानमा हाम्रो भान्सामा प्रयोग हुने कुकिङ आयलले ब्रेस्ट क्यान्सरको कारण बन्न सक्ने देखाएको छ ।
वेल कर्नेल मेडिसिनमा प्रकाशित एक अनुसन्धानमा यो तेलमा रहेको ‘लिनोलिक एसिड’ नामक फ्याट ब्रेस्ट क्यान्सरको एक खतरानाक प्रकार त्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सरको बढावा दिन सक्छ । यो क्यान्सर अहिले तीब्र रुपमा फैलिएरहेको छ । यो क्यान्सरमा औषधिले पनि कम असर गर्ने गर्छ ।
-जागरणबाट भावानुवाद