२०८२ जेठ १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यराष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्‍यो प्रतिवद्धता

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्‍यो प्रतिवद्धता


काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १८ र १८ जेठमा काठमाडौंमा हुने पाँचौ महाधिवेशनमा अध्यक्षका दाबेदार रहेको जगत नेपालीले आफ्नो टिमको प्रतिवद्धता सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा स्वास्थ्यकर्मीको पेशागत सुरक्षादेखि नीतिगत सुधारका लागि पहल गर्ने उल्लेख छ ।

नेपालीको प्रतिवद्धता पत्रमा स्वास्थ्यकर्मीको हकहित र अधिकारको संरक्षण र प्रवर्द्धन शीर्षका पेशागत सुरक्षा, तलब, भत्ता, अवकास सुविधा र अन्य आर्थिक तथा सामाजिक विषयमा सरकारसँग निरन्तर प्रयास गर्ने, स्वास्थ्यकर्मीमाथि हुने कुनै पनि दुर्व्यवहार, शोषण र अन्याय विरुद्ध आवाज उठाउने, करार, अस्थायी र निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सेवा सुविधाको उचित व्यवस्थापनका लागि पहल गर्ने, शैक्षिक योग्यता हासिल गरेपछि माथिल्लो तहमा बढुवा हुन सक्ने प्रावधानको व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मीको समायोजनमा देखिएका समस्या हल गर्न निर्णायक पहल गर्ने उल्लेख छ ।

व्यवसायिक सम्मान र क्षमता अभिवृद्धिअन्तर्गत उनले जनशक्ति पलायन नियन्त्रण गर्न सरकारसँग नियमित पहल गर्ने, स्वास्थ्यकर्मीहरुलाई तलबी अध्ययन विदामा निःशुल्क एमबीबीएस र बिडिएस पढाउने कुराको वकालत गर्ने, सेवाकालीन तालिमको व्यवस्था गर्न पहल गर्ने, सेमिनार र कार्यशाला सञ्चालन गरी स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि गर्न पहल गर्ने प्रतिवद्धतामा छ ।

संस्थाको संगठनात्मक सुदृढीकरणमा महासंघको सम्पूर्ण कमिटीलाई जिम्मेवार र क्रियाशील बनाउने, सदस्यहरुको सहभागिता बढाएर आन्तरिक लोकतन्त्र बलियो बनाउने, समावेसी नेतृत्वको अभ्यास गर्ने, विभिन्न तालिम र गोष्ठीको आयोजना गर्ने, महासंघका वेबसाइट निर्माण गरी सदस्या लिने, नवीकरण गर्ने व्यवस्था गर्ने, मासिक बुलेटिन र अनुसन्धानमूलक जर्नल प्रकाशित गर्ने प्रतिवद्धता गरेका छन् ।

यसैगरी, उनले नीतिगत सुधारअन्तर्गत तीन तहका स्वास्थ्यकर्मीको नियमन गर्न सक्ने कानुन निर्माणका लागि प्रभावकारी पहल गर्ने, डिजिटल हेल्थ, टेलिमेडिसिन, आर्टिफिसियल इन्टिलिजेन्स र नवीकरणीय प्रविधीको विकास लागि नीति निर्माण गर्न सहजीकरण गर्नेलगायतका प्रतिवद्धता अगाडि सारेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ