२०८२ जेठ १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यराष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी


काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ र १८ जेठमा काठमाडौंमा हुने पाँचौ महाधिवेसनमा पुष्प खनालले उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । बिहीबार उनले सबैलाई सन्तुलित रुपमा समेटेर लैजानका लागि आफ्नो उपाध्यक्षमा दावी रहेको बताए ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्व रजिष्ट्रारसमेत रहेका खनाल संगठनको दुई कार्यकाल सचिवालय सदस्य रहिसकेका छन् । उनी दाङमा सम्पन्न संगठनका तेस्रो अधिवेशनमा म्यान अफ इलेक्सन भएका थिए ।

सह—प्राध्यापकसमेत रहेका उनी २८ वर्षदेखि प्रयोगशाला क्षेत्र र अध्ययन—अध्यापनमा सक्रिय छन् । ‘अहिले नेतृत्वमा दावी गरिरहेका सबै साथीहरुलाई ब्यालेन्स गर्नका लागि पनि मैले उपाध्यक्षमा दाबी गरेको हुँ,’ उनले भने, ‘संगठनमा मैले लामो समय बिताएको अनुभव पनि नेतृत्व तहमा रहेर संगठनको हितमा खर्च गर्ने योजना छ ।’

ध्यक्षमा भने वर्तमान अध्यक्ष डा. झलक शर्मा, उपाध्यक्ष जगत नेपाली, भिमराज सिंह र रामहरि ढकालको दावी छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ