काठमाडौं—क्लिनिक वान प्रा.लि.मा रेबिज खोप सम्बन्धी तालिम सम्पन्न भएको छ । शनिबार क्लिनिक वान प्रधान कार्यलय नोरखाङ कम्प्लेक्स लतिपुरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिक रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले रेबिज खोप सम्बन्धि तालित दिएका हुन् ।
डा. पुनले ‘क्लिनिकल गाइडलाइन एण्ड ग्लोबल प्रायक्टिसेज अन रेबिड भ्याक्सिनेसन’ शीर्षकमा क्लिनिक वान ललितपुर प्रा.लि.को भक्तपुर र काठमाडौं शाखा गरी तीन वटै शाखाका सबै नर्स, स्वास्थ्य सहायकहरु तथा फर्मासिष्टहरु सहभागी थिए ।
उक्त तालिममा डा. पुनले कस्ता जनावरले टोक्दा रेबिज खोपको आवश्यकता हुन्छ भन्ने कुरा प्रष्ट पारेका थिए । यस्तै, अहिले रेबिज खोपको सजिलै उपलब्धता भएतापनि अझै पनि यो रोगको कारणले कति व्यक्तिको दुःखदायी ज्यान गुमाउने गरेको जानकारी उनले दिए ।

सरुवा रोग विशेषज्ञ समेत रहेका डा. पुनले स्वास्थ्यकर्मीहरुलाई रेबिजको लक्षण, रेबिज खोपको डोज (तौलका आधारमा) र प्रकार, खोप कस्तो अवस्थामा लगाउने, पहिलो र दोस्रो मात्रा प्रयोग गरेपछि खोप छुटेमा गाइडलाइन नभएको, रेबिज रोग नरोकिनुका मुख्य कारण (औषधि पसलको गलत परामर्श, नेग्लीजेन्स)लगायतका विषय क्लिनिक वानका स्वास्थ्यकर्मीहलाई अवगत गराएका थिए ।
क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेलले स्वास्थ्यकर्मीको रेबिज खोपबारेको दक्षता अभिवृद्धि गर्न तालिम सम्पन्न गरिएको जानकारी दिए । ‘हामीले हाम्रा बिरामीहरुलाई दक्ष जनशक्तिबाट सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नका लागि तालिम आयोजना गरेका हौं,’ उनले भने ।
