२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने

किष्टले अन्तिम अवस्थाका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड प्रदान गर्ने


काठमाडौं—ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जीवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीलाई एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ। क्यान्सरका बिरामीहरुको भावनात्मक तथा शारीरिक पीडा कम गरी सहजताका साथ अन्तिम श्वास फेर्न चाहने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो ।

यो सँगै अस्पतालले प्यालियटिभ केयर युनिटको औपचारिक रूपमा शुभारम्भ गरेको छ । सोमबार अस्पतालले एक कार्यक्रम गर्दै सानु खड्कीलगायत बिरामी तथा बिरामीका आफन्तको हातबाट सो सेवाको सुरुवात गरेको हो ।

क्यान्सर सम्बन्धि सर्जरी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापीलगायत उपचार सेवा दिदै आएको अस्पतालले प्यालियटिभ केयर समेत सुरु गरी क्यान्सरको दुखाइ नियन्त्रण, भावनात्मक तथा आध्यात्मिक परामर्शजस्ता सेवा एकै ठाउँमा उपलब्ध गर्ने बताएको छ ।

क्यान्सरको उपचारको अन्तिम चरणमा बिरामी शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपनको सामना गरिरहेका हुन्छन्।यस्तो अवस्थामा चिकित्सा सम्बन्धि मात्र उपचार नभई भावनात्मत तथा शारीरिक रुपमा सहज मृत्युको लागि सान्त्वना तथा गरिने स्नेह पूर्ण केयर हो।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ