२०८३ असार ३०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता

ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता


काठमाडौं—ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोकर्णेश्वर नगरपालिका बीच स्वास्थ्य सहकार्य सम्झौता सम्पन्न भएको छ । सोमबार गोकर्णेश्वर नगरपालिकाका नागरिकलाई सहज, गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार गोकर्णेश्वरवासीले ओम हस्पिटलमा १ लाख रुपैयाँसम्मको निःशुल्क उपचारमा सहुलियत प्राप्त गर्नेछन् । साथै, नेपाल सरकारले हालै बिरामीलाई लगाएको ३ प्रतिशत करसमेत नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको छ, जसले उपचार खर्चमा थप राहत प्रदान गर्नेछ ।

सम्झौता समारोहमा ओम हस्पिटलका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौलीलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तीन दशकभन्दा बढी समयदेखि विशेषज्ञ चिकित्सक, अत्याधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत नागरिकको विश्वास जित्दै आएको ओम हस्पिटलले यो सहकार्यले गोकर्णेश्वरवासीलाई अझ सहज, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ । ‘निजी–सार्वजनिक साझेदारीको यो पहलले नागरिकमुखी स्वास्थ्य सेवा विस्तारमा नयाँ आयाम थप्ने विश्वास हामीले लिएका छौं,’ अस्पतालले भनेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ