२०८३ साउन १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यबुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए

बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए


काठमाडौं—बुढानिलकण्ठ—५ मा भएको निःशुल्क आँखा शिविरमा १ सय १२ जनाले निःशुल्क सेवा लिएका छन् । शनिबार बीएम फाउन्डेसनले ताइवान प्रिभेन्ट ब्लाइन्डनेस फाउन्डेसन तथा बुढानीलकण्ठ नगरपालिका— ५ को सहयोगमा बुढानीलकण्ठ–५ मा निःशुल्क सामुदायिक आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो ।

उक्त शिविरमा ७६ पुरुष र ३६ महिलासहित कुल ११२ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए । सहभागीहरूमध्ये अधिकांश ज्येष्ठ नागरिक रहेको बीएम फाउण्डेसनका प्रमुख डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनकाअनुसार यसले समुदायमा सहज र पहुँचयोग्य आँखा उपचार सेवाको आवश्यकता अझ बढ्दो रहेको संकेत गरेको छ ।

परीक्षणका क्रममा २४ जनामा परिपक्व तथा अपरिपक्व मोतियाबिन्दुको समस्या पहिचान गरिएको थियो । यसका साथै ड्राइ आई सिन्ड्रोम, पिङ्ग्युकुला, कन्जङ्क्टिभाइटिस तथा अन्य सामान्य आँखासम्बन्धी समस्याहरू पनि फेला परेका थिए ।

थप उपचार आवश्यक पर्ने सेवाग्राहीलाई आवश्यक परामर्श प्रदान गर्नुका साथै उपयुक्त स्वास्थ्य संस्थामा रेफर गरिएको डा. श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार शिविरको मुख्य उद्देश्य समयमै आँखा सम्बन्धी रोगको पहिचान गरी रोकथाम योग्य अन्धोपन न्यूनीकरण गर्नुका साथै स्थानीय समुदायलाई गुणस्तरीय आँखा उपचार सेवामा सहज पहुँच उपलब्ध गराउनु रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ