२०८३ साउन २२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी

बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी


काठमाडौं—बजारमा छ्याप छ्याप्ती नक्कली पशु औषधि पाइन थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । सीमामा कडा नियमनको अभाव र भेटनरी औषधिमाथि नियांमक निकायको नियमन कडा नहुँदा बजारमा नक्कली भेट औषधिहरु बढेपछि किसानहरु पनि ठगिने सम्भावना बढेर गएको छ ।

अग्रणी भेट डिस्ट्रीब्युटर्स कम्पनी कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.ले नक्कली औषधिबाट बच्न किसानहरुलाई सार्वजनिक सूचना नै जारी गरेको छ । उसले कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.मा आधिकारिक रुपमा दर्ता भएर बिक्री वितरण गरिदैं आएको बायोभेट ज्वाइन्ट स्टक कम्पनी बुल्गेरियाद्वारा उत्पादित भेटमुलिन ८० % र भेन्कटेश्वरा ह्याचरी प्रा.लि. द्वारा उत्पादित भेनकेसिन २५ % नामक पशु औषधि नक्कली प्याकिङ गरी बजारमा अनधिकृत रुपमा बिक्री वितरण भइरहेको भन्दैं चिन्ता जाहेर गरेको छ ।

‘सम्पूर्ण विक्रेता तथा सरोकारवालाहरुलाई उक्त औषधि खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि.सँग मिला तथा प्रमाणीकरण गरी खरिद तथा विक्री वितरण गर्न अनुरोध छ,’ कान्तिपुर भेटले भनेको छ ।

कान्तिपुरले बजारमा उपलब्ध नक्कली औषधिहरु खरिद वा विक्री तिवरण गरेमा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित बिक्रेता र खरिदकर्ताको हुने स्पष्ट गरेको छ ।

कान्तिपुर मात्रै होइन् अन्य भेट कम्पनीहरुका उत्पादनहरु पनि खुला सिमाको फाइदा उठाउँदैं नक्कली वा अनधिकृत रुपमा बजारमा बिक्री तिवरण भएकोमा व्यवसायीहरु चिन्ता प्रकट गरिरहेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ