काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारलाई लक्षित गर्दै रिक्त पदहरूमा आवेदन आह्वान गरेको हो ।
कलेजद्वारा प्रकाशित सूचना अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ ।
शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको छ । सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनु पर्नेछ । मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
आईटी सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । नेटवर्क तथा सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर, सर्भर व्यवस्थापन, नेटवर्क समस्या समाधान र प्राविधिक सहयोगसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइने कलेजले जनाएको छ ।
त्यस्तै, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्नेछ । कार्यअनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिने व्यवस्था गरिएको कलेजले जनाएको छ । प्रशासनिक सहायकका लागि सम्बन्धित विषयमा स्नातक तह र कम्प्युटर अपरेटरका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह तथा आधारभूत ग्राफिक्ससम्बन्धी ज्ञान आवश्यक पर्ने सूचनामा जनाइएको छ ।
इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट https://www.nmcth.edu/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन इमेलमार्फत पठाउन चाहनेले [email protected] मा आफ्नो विवरण पठाउन सक्नेछन् ।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ । उम्मेदवारलाई आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र सूचनामा उल्लेख गरिएका सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरिएको छ ।
यस अवसरले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, प्राविधिक तथा प्रशासनिक क्षेत्रमा काम गर्न इच्छुक योग्य जनशक्तिलाई नेपाल मेडिकल कलेजसँग आबद्ध हुने अवसर प्रदान गर्नेछ । कलेजले झन्डै तीन दशकदेखि नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा अनवतरत योगदान पुर्याउँदै आइरहेको छ ।