२०८३ कात्तिक १०, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २८ जना उप-प्राध्यापक

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २८ जना उप-प्राध्यापक


काठमाडौं—मुलुककै प्रतिष्ठित संस्था त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतको महाराजन्ज चिकित्सा क्याम्पसले २८ जना उप—प्राध्यापक माग गरेको छ । सोमबार एक सूचना प्रकाशित गर्दै क्याम्पसले एक वर्षे करार सेवामा विभिन्न विषयका २८ जना उप—प्राध्यापक माग गरेको हो ।

महाराजगन्ज चिकित्सा क्याम्पसले एनेस्थेसियोलोजी, अब्स गाइने र क्रिटिकल केयर मेडिसिनमा २/२ जना उपप्राध्यापक माग गरेको छ ।

यस्तै, नेफ्रोलोजी, एनेस्थेसियोलोजी (कार्डियोभास्कुलर), न्यूरोलोजी, ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी, अर्थोपेडिक्स (स्पाइन), अर्थोपेडिक्स (पेडियाट्रिक), प्याथोलोजी, अप्थाल्मोलोजी, सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी, रेडियोलोजी (वुमन्स इमेजिङ), रेडियोलोजी (बेबी इमेजिङ), रेडियोलोजी (मस्कुलोस्केलेटल इमेजिङ), रेडियोलोजी (कार्डियोलोजी एण्ड भास्कुलर इमेजिङ), फरेन्सिक मेडिसिन, क्लिनिकल साइकोलोजी, पेडियाट्रिक, पेडियाट्रिक हेमाटोअंकोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, इमर्जेन्सी मेडिसिन, प्लास्टिक सर्जरी, इन्टरनल मेडिसिन, इन्टरनल मेडिसिन मेडिकल अंकोलोजीमा १/१ जना उप—प्राध्यापक माग गरेको छ ।

यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसले १/१ जना जनस्वास्थ्य र सूचना प्रविधि अधिकृत समेत माग गरेको छ । इच्छुकले २८ दिनभित्र आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ