सानातिना तर आकस्मिक रुपमा हामी सबैलाई बिमार आइलाग्छ । डाक्टर वा स्वास्थ्यसंस्थामा जानुपर्ने बिमार हुँदैन, तर सही उपचार पनि हुनुपर्छ । त्यस्तो अवस्थामा हामी आफ्नै वरिपरि उपलब्ध साधनद्वारा उपचार गर्न सक्छौँ । यस आलेखमा केही आकस्मिक बिमारी र उपचार विधि उल्लेख गरिन्छ ।
ज्वरो आएमा ः
ज्वरो आपैmँमा रोग होइन, सम्भावित रोगको लक्ष्यण हो । हाम्रो शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियसभन्दा तल) हुन्छ÷हुनुपर्छ । तापक्रम ९८ डिग्री फरेनहाइटभन्दा माथि (३७ डिग्री सेल्सियस) भएमा ज्वरांश हुन्छ । त्यसपछि बढ्दैगएको तापक्रमले ज्वरोको मात्रा पनि गम्भीर बनाउँदै लैजान्छ । ज्वरो अत्यधिक हुनथालेपछि जाडो लाग्ने, शरीर काँप्ने, शरीरको सन्तुलन कायम राख्न गाह«ो हुन्छ । भाइरस ज्वरो छ भने टाउको वा शरीर वा जोर्नी दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । रुघा–खोकीसँग लाग्ने ज्वरो पनि भाइरसकै कारणले हो ।
तापक्रमले थर्मामिटरमा देखाइएको रातो धर्को काटेपछि उपचार गर्न सुरु गर्नुपर्छ । १०० डिग्री फरेनहाइट सम्मको तापक्रममा पारासिटामोल एक चक्की वा बच्चा भए त्यसको झोल औषधी एक चिया चम्चा भरि खुवाउनु पर्छ । यो औषधी ८–८ घन्टामा दिइरहनु पर्छ । ज्वरो ज्यादै छ भने एकैपटक दुई चक्की (बच्चालाई १०१ डिग्रीभन्दा माथिको ज्वरोमा दुई चियाचम्चा) दिन सकिन्छ । याद राख्नु होला दुई चक्की खानुपर्ने ज्वरो १०४ डिग्री वा त्योभन्दा माथि हुनुपर्छ ।
ज्वरो आउँदा हामीहरू बाक्लो लुगा लगाउने वा झ्यालढोका थुनेर सिरक ओडेर सुत्ने गर्छौ । यो गलत तरिका हो । पातला लुगा लगाउनु पर्छ । बच्चा वा बृद्धबृद्धा सबैलाई यही विधि अपनाउनु पर्छ । ज्वरो बढ्न थाल्यो भने त्यसलाई जसरी भए पनि सामान्य अवस्थामा झार्न विभिन्न उपचार गर्न सकिन्छ । बच्चालाई १०१–२ र बयस्कलाई १०४–५ डिग्री छ भने त अनिवार्य रुपमा ज्वरो झार्नैपर्छ नत्र अन्य खराबी गर्छ । यस्तो अवस्थामा चिसो पानीमा भिजाएको सुती कपडाको पट्टीले निधार ढाक्ने गरी राखिदिनु पर्छ । केही छिनपछि अर्को पट्टी फेर्नुपर्छ । हत्केला र पाइतालामा पनि चिसो पट्टीले पुछिदिनु पर्छ । पंखाले हम्किदिनुपर्छ । कोठामा खुला हावा र प्रकाश आउन दिनुपर्छ, तर जाडोमा चिसो हावा (स्याँठ) बाट जोगिनुपर्छ । पानी पिउन र रसदार खानेकुरा दिनुपर्छ । ज्वरो आउँदा कागती पानी खान दिन सकिन्छ । तर चिल्लो खाने कुराले तापक्रम बढाउने हुनाले दिनु हुँदैन । भुटेको, तारेको खानेकुरा, दही–मही उपयुक्त मानिँदैन ।
ज्वरो उत्रेको संकेतमा शरीरमा चिटचिट पसिना आउँछ । ज्वरो झरेन भने शरीरमा अन्य कुनै बिमारी भएको हुनसक्छ । त्यसको कारण खोज्नुपर्छ । त्यस अवस्थामा ज्वरोको मात्र उपचार गरेर बस्नु हुँदैन, स्वास्थ्यसंस्था वा चिकित्सकसँग सम्पर्क गरिहाल्नु पर्छ ।
रुघा–खोकीमा ः
रुघा–खोकी ‘नियमित आकस्किमकता’ को बिमारी नै हो । कसैलाई यसले धेरै चाप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह«ो हुने गर्छ । कफ जमेको छ भने छाती गह«ौँ हुनेगर्छ । खोकी लागिरहन्छ । खोकी त, धूमपान, दम, धूलो–धुँवा आदि प्रदूषणका कारणले पनि लाग्छ । स्वस्थ मानिसलाई रुघा–खोकी लागेमा पथपहरेज गर्दा एक हप्ताभित्र ठीक हुन्छ । तर लामो अवधिसम्म सुख्खा खोकी लागिरहेको छ वा खोकीसँग ज्वरो छ र अझ खोक्दा मुखबाट रगत आउँछ भने त्यसलाई घरेलु उपचारले हुँदैन, डाक्टरको जाँच र सल्लाह नै चाहिन्छ ।
बिहान–बेलुकी सुत्ने बेलामा स्वासप्रस्वासको क्रममा वाफ लिने गर्दा नाक टालिएको खुल्छ, कफ फुटेर निस्कन सहज हुन्छ । पिनास छ भने छिँक्का (हाछ्युँ) गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध भएको थाहा हुन्छ । यस्तोमा पनि पानीको वाफले आराम गर्छ । शारीरिक व्यायामले पनि कफ निस्कन उपाय दिन्छ । अलिअलि गर्दै तातो पानी पिइरहने, तातो रसदार खानेकुरा खाने, तर कफी वा रक्सी लिनु हुँदैन । रुघा लाग्दा कसैले कतिपय सुघ्ने (इन्हेलर) उपयोग गर्ने वा नाकमा मलम दल्ने गर्छन् । तर फोक्सोलाई स्वच्छ र स्वस्थ राख्नका लागि यो ठीक तरिका होइन । मासु, तारेको खानेकुरा वा दुग्ध पदार्थले कफ बढाउने हुनाले यी चिज पनि रुघा–खोकीको बेलामा नखानु उचित हुन्छ ।
‘ए’, ‘सी’, ‘ई’ वर्गका भिटामिनहरू रुघाखोकीमा राम्रो मानिन्छ । अदुवाको रस र मह आधाआधा मिलाएर बयस्कले ठूलो एक चम्चा बिहान–बेलुकी खाएमा, ३ केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा १२ घन्टा मिसाएर राखी बिहान बेलुकी खाने गर्दा पनि रुघा–खोकीमा राम्रो हुन्छ । एक गिलास तातोपानीमा एक चम्चा मह र कागतीको रस मिलाएर पिउनाले पनि लाभ हुन्छ । एक चिया चम्चाभन्दा कम अदुवा, ५÷७ वटा तुलसीको पात वा तुलसीको रस, एक चियाचम्चा पिसेको अदुवा पकाएर सुत्ने बेलामा पिएर सुत्दा रातभरि निकै आराम हुन्छ । स्मरणीय छ, खोकीमा बेसारले निकै आराम दिन्छ । स्नोफेलियामा त बेसार निकै राम्रो गर्छ । हल्का भुटेर पिसेको मेथीको पाउडर एक चम्चा तातो पानीसँग पिउँदा खोकीमा निकै आराम मिल्छ ।
मुर्छा परेमा ः
मानिस अचानक बेहोस हुन्छ । बेहोस हुनु आपैmँमा बिमारी होइन, यो पनि कुनै रोगको कारण वा लक्ष्यण हो । तर छारे रोग, उच्च रक्तचाप, निम्न रक्तचाप (लो ब्लड प्रेसर), मधुमेहका बिमारी, दुब्र्यसनबाहेक चिन्ता, कमजोरी, कामको ज्यादै धपेडी, आदि कारणबाट पनि बेहोस हुन सक्छ । अति भोक, निद्रा आदि पनि कारण हुनसक्छन् । यस्ता अवस्थामा मुच्र्छा पर्नुको कारण दिमागमा पर्याप्त रक्तसञ्चार नहुनु हो । रक्तसञ्चार कम भएपछि दिमागमा अक्सिजनको मात्रामा पनि स्वतः कमि आउँछ । मांशपेशीहरू एकदमै शिथिल हुन्छन् । सामान्यतः बेहोस भएको मानिस विभिन्न उपाय गर्दा पनि २ मिनेटभित्र होसमा आएन भने चिकित्सकीय उपचारको आवश्यकता पर्छ ।
जुन बिमारको कारणले भए पनि मुच्र्छा परेको अवस्थामा प्राथमिक उपचार कसरी गर्ने भन्ने प्रश्न आउँछ । यदि कसैलाई आपूm बेहोस हुन लागेको रिँगटा आदि पूर्वाभास भएमा वरिपरिको कुनै सुरक्षित ठाउँमा यसरी पल्टिनुपर्छ, ता कि टाउको भन्दा खुट्टा अग्लो भएर रहुन् । यसो गर्दा दिमागमा रक्तप्रवाह अलिक सहज हुन्छ । त्यसरी पल्टिने ठाउँ भएन भने यसरी बस्नुहोस् कि आफ्नो शिर दुवै घुँडाको बीचमा परोस् । कोही बेहोस हुन लागेको छ भने तत्काल गर्ने उपा
य भनेको उसलाई टाउकोभन्दा खुट्टा अग्लो हुनेगरी सुताइदिनु वा बस्नमात्र मिल्ने भए टाउकोलाई घँुडाको बिचमा राख्न लगाएर बसाउनु पर्छ ।
बेहोस भएको बेलामा मुखमा पानी छम्किन र पंखा हम्किन हुन्छ, तर पानी खुवाउन खोज्नु हुँदैन । कसैले जुत्ता वा मोजा पनि सुँघाउने गर्छन् । यो भ्रामक र गलत तरिका हो । बिमारीलाई खुला हावामा सुताउनु पर्छ । वरिपरि भीड छ भने भिड हटाएर स्वच्छ हावा आउन दिनु पर्छ । बेहोसीको कारण कुनै रोग हो भने रोगको उपचारमा लागिहाल्नु पर्छ । छारे रोग, स्नायु प्रणालीमा हुने गडबडी जस्ता बिमारीका कारण बेहोस भइरहने मानिसले एक्लै हिँड्नु हुँदैन, आगो वा कुनै चलिरहेको ठूलो मेशिनको छेउमा बस्नु हुँदैन । रक्तचापको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्ने उ
पचार गर्नुपर्छ ।
मधुमेहको बिमारी बेहोस भएमा ः
मधुमेह (सुगर) को बिमारीमा रगतमा चिनीको मात्रा (सुगर लेभल) अचानक घटेर कहिलेकहीँ थर्थर काँप्दै बेहोस हुनसक्छ । रगतमा चिनीलाई पचाएर उर्जामा परिणत गरिदिने इन्सुलिन नामक तत्व ज्यादै बढी (हाइपरग्लीसेमिया) भएर वा ज्यादै कम (हाइपोग्लीसेमिया) भएर यस्तो अवस्था आउन सक्छ । अपरिचित कोही बिमारी आफ्नै अगाडि ढल्न लागेको अवस्थामा तपाईँलाई उपकार गर्न मन लाग्यो भने उसले भन्न खोजेको कुरा वा संकेतलाई ठम्याउने कोशिश गर्नुपर्छ । रक्शी खाएर बेहोस हुनलागेको र मधुमेहको बिमारले ढल्न लागेको बेलाका लक्ष्यण समान हुनसक्छन् । एक मुठी चिनी वा गुलियो पेय (जुस आदि) तुरुन्त दिन सकियो भने रगतमा गुलियोको लेभल घटेर यस्तो अवस्था भएका बिमारीलाई तुरुन्त ठीक हुनसक्छ ।
आगोले पोलेमा ः
खाना पकाउँदा वा अन्य कामको क्रममा आगोले वा खाने कुराले पोलिरहन्छ । आगो, तातो तेल, तातेको भाँडा, उम्लेको पानी वा दूध वा तातो खानेकुराले पोलेको सामान्य अवस्थामा घरमै उपचार गर्न सकिन्छ । सानोतिनो पोलेको अवस्था छ भने पोलेको ठाउँमा करिब १५ मिनेटसम्म चिसो पानीको धारा दिइरहनु पर्छ । तर बरफ लगाउनु हुँदैन । घ्युकुमारी (एलो भेरा) को गुदी पोलेको ठाउँमा लगाउँदा अत्यन्त फाइदा गर्छ । मह लगाउँदा त्यसले पोलेको ठाउँका ब्याक्टेरिया मार्नुका साथै शीतलता दिन्छ । नरीवलको तेलमा भिटामिन इ पर्याप्त मात्रामा पाइने हुँदा शुद्ध नरीबलको तेल पोलेको ठाउँमा लगाउँदा फाइदा गर्छ । पोलेको ठाउँलाई १५ मिनेट दूधमा डुबाउँदा पनि निकै राम्रो हुन्छ । फ्लुराईड वा पुदिना हालेको (मिन्ट) टुथपेस्टले पनि पोलेको घाउलाई निको हुन सहायक हुन्छ । चियामा ‘ट््यानिक एसिड’ भन्ने तत्व हुन्छ, जुन तत्व छालामा लगाउन र मसी बनाउने काममा पनि आउँछ, त्यसले पोलेको घाउबाट पीडा हरण गरी आराम दिलाउँछ । त्यसैले चिया ब्याग (टी ब्याग) हरूलाई पोलेको ठाउँमा राखी बाहिरबाट कपास र ब्याण्डेजले बाँधेमा राम्रो हुन्छ ।
दाँत दुखेमा ः
दाँत दुख्नुले दाँतको क्षय भएको र यसको हेरविचार पुगेन भन्ने हो । हेरचाह नपुगेपछि विभिन्न कारणले चपाउने ठाउँमा खिएर खाल्टो पर्दै गएकोलाई हामी ‘किराले खाएको’ भन्दछौँ । दाँतका जरा खल्बलिने वा असर पर्ने विभिन्न कारण छन् । गुलियो चिज दाँतको लागि हानीकारक हुन्छ । गिजा सुन्निने, पाक्ने (पाइरिया) आदि समस्याले दाँत कमजोर बनाउँदै लैजान्छ । गिजा वा दाँतमा हुने संक्रमण (इन्फेक्सन) ले पनि दाँत कमजोर बनाउँछ ।
दाँतलाई ल्वाङ्ले धेरै राम्रो गर्छ । दाँत दुखेको छ र आधुनिक उपचारको कुनै उपाय नभएमा राती सुत्ने बेलामा ३÷४ वटा ल्वाङ् मुखमा हालेर चपाउने, तर त्यसको रस नथुक्ने वा ननिल्ने, मुखमै लिइरहने, दाँत र गिजातिर घुमाउने अभ्यास गर्ने । ल्वाङ्को पिरोले आँखाबाट आँसु नै आउला, तर सहने । १० मिनेट पछि सो रस फालिदिए हुन्छ । त्यसपछि पानी पनि नखाई सुत्ने । बिहान उठ्दा दुखाइ हटिसकेको हुन्छ । ल्वाङ्को तेल भए दुखेको ठाउँमै पर्ने गरी २ थोपा हाल्ने । एक गिलास तातो पानीमा एक चिया चम्चा नुन घोलेर त्यसले दाँत कुल्ला गर्ने, घाँटी ठाडो पारेर मुखको पछिल्लो भागमा पानी पु¥याएर सेक्दा दाँतलाई राहत पुग्नुको साथै घाँटीको एलर्जी र खसखसाहट पनि हराउँछ । तोरीको तेल, नून र बेसार बराबरी मिलाएर दाँतमा दलेर एक घन्टाजति त्यसै राख्न सकियो भने दन्तहर्सा (पाइरिया) निको हुन्छ ।
कतिपय मानिसहरू तार आदि केही चिज काटेर छिनाल्न दाँतले गर्छन् । यसले दाँतलाई खराब गर्छ । खानेकुरा चपाउन बाहेक कुनै कुरा काट्न, प्याकिङ् खोल्न जस्ता काममा दाँतको दुरुपयोग गर्नु हुँदैन । धेरै चक्लेट, टफी, आइसक्रिम खाने गर्दा दाँतलाई असर पुग्छ । दाँत र गिजाको अवस्था हेरी टुथपेस्ट र ब्रस उपयोग गर्नुपर्छ । दाँत दुखिरहन्छ भने कडा ब्रस नचलाउने । संवेदनशील दाँतको लागि राम्रा टुथपेस्ट पनि पाइन्छन् । बिहान र बेलुकीको खाना खाएपछि नियमित रुपमा दाँत माझ्ने गरेमा दाँतको बिमार धेरै हदसम्म हट्छ ।
टाउको दुखेमा ः टाउको दुख्ने विभिन्न कारण हुन्छन् । आँखाको कमजोरीका कारणले टाउको दुख्न सक्छ । कसैलाई घाममा हिँड्दा टाउको दुख्छ । रक्सी धेरै खाएको छ भने त्यसले जलअल्पता (डिहाइड्रेसन) गराएको कारणले पनि टाउको दुख्छ । त्यसैगरी (तनाब) बढी भयो भने पनि टाउको दुख्न सक्छ । ज्यादै दुखेको अवस्थामा वान्ता पनि हुनसक्छ ।
टाउको दुखेको बेला खासगरी गाउँघरमा कुनै कपडाले टाउको जोडसँग बाँध्नेगरेको देखिन्छ । यसो गर्दा टाउकोमा रक्तसञ्चारलाई असर पर्न सक्छ । टाउको बाँधेर टाउको दुखेको आराम हुने होइन । कुनै रोगविशेषले गर्दा टाउको दुखेको छ भने रोगको निदान र उपचार गराउनु पर्छ । रक्सी खाएको वा अन्य कारणले डिहाइड्रेसन भएको छ भने डिहाइड्रेसनले टाउको दुखाउँछ । यसमा औषधी दिनभन्दा पानीलाई प्राथमिकता दिनुपर्छ । कागतीपानी अझ राम्रो हुन्छ । सामान्य टाउको दुखाइमा चिया वा कफीले पनि ठीक गर्छ । चियामा अलिकति अदुवा र सुकमेल राखिदिँदा सामान्य टाउको दुखाइलाई अरु दबाइ खानु पर्दैन । तनाब वा दबाब भयो भने पनि टाउको दुख्छ । यस्तो बेलामा टाउकोमा शुद्ध तोरी वा तील वा नरिवलको तेल लगाएर कपालका जरामा राम्रोसग तेल भिज्ने गरी मालिस गर्दा टाउको दुख्न छोड्छ । तेल मालिस गरेको दिन निद्रा पनि गहिरोसँग लाग्छ ।
(स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देक डा. विष्ट “स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्य र डाक्टरको सल्लाह” पुस्तकका लेखक हुन् ।)