२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भावस्थामा दन्त स्वास्थ्यको महत्व

गर्भावस्थामा दन्त स्वास्थ्यको महत्व


मुख स्वास्थ्यलाई आम नेपालीले खासै ध्यान नदिनु वा दाँत, मुखलाई स्वास्थ्यको विकल्पको रुपमा लिनु वा मानौं सरकारी तहबाट प्राथमिकतामा नपर्नु बिडम्बना नै मान्न सकिन्छ ।

मुख स्वास्थ्यलाई सामान्य रुपमा लिइदैं गर्दा पेटमा रहेको बच्चा, जन्मपश्चात पर्ने असरबारे जानकारी हुनुपर्ने भएकाले पारिवारिक योजनामा रहनु भएका विवाहित दम्पत्तिले परीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

दाँतको दुखाइ प्रसुती दुखाइ समान हुने अनुमान लगाउन सकिन्छ । त्यसैले गर्भ रहनु पहिले, गर्भको ९ महिना लामो समय र बच्चाले जन्म लिइसकेपछि देखिने समस्याबाट बच्न पहिले नै दन्त र मुख परीक्षण आवश्यक देखिन्छ । अन्याथा बच्चा भ्रुणको अवस्थामा रहँदा कडा दुखाइको सामना उपचार बिना नै सहन गरेर बस्नुपर्ने अवस्था आउन सक्छ ।

पारिवारिक योजनाको सोच रहनु पहिले ध्यान दिनुपर्ने

दाँत/मुखमा आफूलाई केही नभएको जस्तो लागेतापनि पारिवारिक योजना पूर्व दन्त चिकित्सकको सल्लाह लिने

जसमा,

– गिजाको अवस्था जाँच गर्ने
– दाँतको कुनै भागमा किरा लागेको छ/छैन परीक्षण गर्ने
– वुद्धि बंगाराको अवस्था हेर्न
– दाँतको कतै कुनै टुक्रा/छुटेको वा रहेको, दाँतको जरा नभए/नभएको परीक्षण गर्ने
-प्रायःजसो खाना अडकिने दाँतको र गिजाको अवस्था परीक्षण गराउने

गर्भ रहेको ९ महिनाको अवधि

९ महिनाको गर्भावस्थालाई ३ चरणमा विभागजन गर्दा (बच्चाको वृद्धि विकासको आधारमा)विभिन्न हर्मोनल र  शारिरीक परिवर्तन हुने गर्दछन् ।

पहिलो तीन महिना
यो समयमा महिलाको शरीरबाट विभिन्न रस (हर्मोन/प्रोजेस्टेरोन) को मात्र बढ्ने हुन्छ । जसले आमाको गिजामा परिवर्तन आउने, दाँत हल्लिएको जस्तो महसुस हुने, गिजाबाट रगत आउने अवस्था हुने गर्दछ ।

गर्भावस्थाको तीनदेखि ६ महिना
गर्भावस्थाको दोस्रो तीन महिना वा ६ महिनालाई गर्भ पहिले चेकजाँच गर्दा समस्या नदेखिएको तर समस्या आएको अवस्थामा चेक जाँच गरी उपचार गर्न सकिने हुन्छ । यस अवस्थामा बच्चाको विकास र परिवर्तनमा केही सन्तुलन रहने हुन्छ । उपचारको दृष्टिकोणले यो समयलाई  उपयुक्त मानिन्छ ।

गर्भावस्थाको ६ देखि ९ महिना

गर्भावस्थाको ६ देखि ९  महिना वृद्धि विकास हुने क्रम चलेको अवस्था हुन्छ ।

गर्भावस्थाको यो अन्तिम चरणमा गर्भावस्थाको यो अन्तिम चरणमा बच्चाको पूर्ण वृद्धि विकास हुने क्रम चलेको हुन्छ । उपचारका दृष्टिकोणले यो समयलाई उपयुक्त मानिदैन् ।

त्यसैले गर्भावस्थाको समयमा अवैधानिक र विना सावधानीपूर्वक गरिने उपचार जस्तैः सिधा डाक्टरको सल्लाहबिना औषधि पसलमा गएर नदुख्ने औषधि (पेनकिलर), एन्टीबायोटिक आदिको सेवनले दीर्घकालीन रुपमा बच्चाको स्वास्थ्य र दाँतमा सिधा असर पार्ने हुन्छ । यी औषधिले अन्तरालमा बच्चाको नयाँ उम्रने दाँतमा क्याल्सियमको मात्रा कमी हुने, सेतो दाग देखिने (जुन एकदम कमसल) किसिमको हुन्छ), छिटो किरा लाग्ने, भाँचिने सम्भावना बढी हुन्छ ।  यस अवस्थामा आमाले नर्मल प्यारासिटामोलको मात्र सेवन गर्नुपर्ने हुन्छ । जुन दाँतको दुखाइ सामुन्ने खासै राम्रो काम गरेको हुँदैन्, तर त्यसबाहेक अन्य औषधिको विकल्प हुँदैन ।

दाँतको जरा वा त्यसको भित्री भाग हेर्न गरिने एक्स-रे आदिले समेत बच्चालाई दीर्घकालीन असर गर्ने हुन्छ ।

अमेरिकन डेन्टल एशोसिएसनको जर्नलमा प्रकाशित एक आर्टिकलमा गिजाबाट रगत आउने गर्भावस्थाको महिलामा प्रिम्याच्योर डेलिभरी हुने, तौल कम भएको बच्चा जन्मने, ओठ काटिएको अवस्थाको बच्चा जन्मने अवस्था हुन सक्छ भनेर उल्लेख छ । लामो समयदेखि गिजामा समस्या भएर रगत आइरहने महिलामा अन्य महिलाको तुलनामा ४–७ पटक बढी ९ महिना अगावै  (बच्चाको पूर्ण विकास नहुँदैं) जन्मने समस्या रहेको पाइएको छ (प्रायःजसो ३२ हप्तामा) ।

गर्भावस्थामा मुखमा देखिने क्यान्सर

गर्भावस्थामा कहिलेकाही धेरै नरम र कमसल गिजासँगै एक किसिमको गहिरो खाडल  पिनले घोचेको जस्तो दाग गिजामा देखिने हुन्छ । जुन अवस्थामा बोल्दा, केही चपाउँदा, ब्रस गर्दा रगत आउने हुन्छ । गर्भावस्थाको महिलामा हुने यो समस्यालाई ‘प्रिग्ननेन्सी टियुमर’ भनिन्छ । यो सामान्यतयाः दोस्रो ट्राइमेष्टर (३–६ महिनाको समय) मा हुने हुन्छ ।

यो गिजामा देखिने समस्या (क्यान्सर) जटिल र सर्ने रोग होइन् । यो समयमा हुने हर्मोनल परिवर्तन र दाँत मुखको सफाइ नभएर बन्ने दन्त लेउ, प्लाक जम्मा हुने त्यो गिजामा देखिने यस्तो  क्यान्सर किसिमको समस्यालाई अन्य शब्दमा ‘पायोजेनिक ग्रयानुलोमा लोभुलर क्यापिलरी हेमान्जीयोमा र प्रिग्नेन्सी इपुलाइड पनि भनिन्छ । यो समस्या बच्चा जन्मेपछि आफै हराएर जाने हुन्छ ।

अन्त्यमा,

गर्भावस्थामा रहेको बच्चाको साललाई पार गरी बच्चाको अंगमा पस्न सक्ने औषधिहरु जस्तैः दुखाइ कम गर्न प्रयोग हुने औषधिहरु, एन्टिबायोटिकहरू र एक्स-रे आदिले सिधा दीर्घकालीन असर  गर्ने हुनाले यो समयमा उपचार गर्नेभन्दा प्राथमिक रूपमा सचेत भएर पूर्व चेकजाँचमा ध्यान दिनु उपयुक्त मानिन्छ । एन्टीबायोटिकका रुपमा प्रयोग गरिने टेट्रासाइक्लिङ समूहका औषधिले जन्मिने बच्चाको दाँतमा विशेष हानी पु¥याउने हुन्छ ।

४० प्रतिशत गर्भवती महिलाले गिजामा हुने संक्रमण भोग्नुपर्ने अवस्था आएको देखिन्छ । जसमा प्रमुख कारण प्रोजेस्टरोनको लेभल बढ्ने र गिजाको आकार सुनिएको जसरी बढ्न गइ ब्याकटेरियाहरूलाई लुक्नका उपयुक्त वातावरण सिर्जना गरिदिने हुन्छ । त्यसै अवस्थालाई ‘प्रिग्नेन्सी जिन्जीभाइटिस’ भन्ने गरिन्छ । जसमा प्रिम्याच्योर डेलिभरी हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ